आइतबार ३१ आश्विन २०७८

भारतको आंध्र प्रदेशको श्रीकाकुलम जिल्लामा एक महिला सब-इन्स्पेक्टरले कर्तव्यको अनुपम उदाहरण प्रस्तुत गरेकी छिन्। उनले एक ८० वर्षीय घरबारविहीन र बेसहारा बुजुर्गको लावारिस श-व एक किलोमिटरसम्म आफ्नो काँधमा राखेर लेराइन्। यो घटना कासीबुग्गा-पलासा क्षेत्रको हो। आइपीएस अशोक कुमारले महिला एसआईको मानवीय दृष्टिकोणको प्रशंसा गर्दै एक ट्विट मार्फत एक भिडियो साझा गरेका छन्।

महिला उपनिरीक्षक कोट्टुरु सिरिशाले अखबार टाइम्स अफ इण्डियासँग कुराकानी गर्दै भनिन्,”हामीलाई एक अज्ञात व्यक्तिको श-व’को बारेमा थाहा भयो जसको उमेर ८० वर्षको करिब होला। स्थानीय व्यक्तिका अनुसार उनी भिखारी थिए। खेतको नजिकै रहेको मृ-त शरीर ल्याउन कुनै सडक थिएन। हामीले गाउँलेहरूलाई अपिल गर्यौं तर कोही अगाडि आएनन्।”

१२ वर्षिया एक बच्चाकी आमा सिरीशाले भनिन् कि उनको बुबाको सपना थियो कि आफ्नी छोरीलाई पुलिसको वर्दीमा देख्नु। शवलाई काँधमा बोक्ने अनुभवको बारेमा उनले भनिन्, ‘म पुलिस सेवामा जनताको सेवामा भर्ना भएको हुँ। मेरो लक्ष्य भनेको नै समाजमा सेवा दिनु हो। मृतक पनि सम्मानको अधिकारी हो। मैले मेरो कर्तव्य मात्र गरेको हुँ।’


Last Updated on: February 4th, 2021 at 5:22 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया