मंगलबार १९ साउन २०७८

नेकपा प्रचण्ड-माधव समूहको केही कार्यकर्ता आज (बिहीबार) विहानै प क्राउ परेका छन् । युवा नेता रामप्रसाद सापकोटाका अनुसार प्रचण्ड-माधव समूहका केही युवाहरुलाई सामाखुसीबाट प्रहरीले प क्राउ गरेको हो । सापकोटाका अनुसार मिलन तमाङ,समीर तमाङ, रमेश तमाङ, राज कुमार तमाङ, राजेन्द्र पाण्डे प क्राउ परेका छन् । उनले प क्राउ परेकाहरूलाई तत्काल रि हा गर्न माग पनि गरेका छन् ।

प्रहरीले पनि बन्द गराउँदै हिँडेका केहीलाई प क्राउ गरेको जनाएको छ । सामाखुसी, सोह्रखुट्टे, महाराजगञ्ज र बानेश्वरबाट केही प्रचण्ड–माधव समूहका कार्यकर्ता प क्राउ परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएकाे छ ।
सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको वि रोधमा आज आ मह ड्ताल गर्ने घोषणा गरेको छ ।

आमहड्तालको घोषणासँगै सरकारले राजधानीको सुरक्षा व्यवस्था क डा बनाएको छ ।
गृहले संविधान र प्रचलित कानून वि परीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तो डफोड, सार्वजनिक यातायात सञ्चालनमा अ वरोध गर्नेजस्ता कार्य नगर्न आग्रह गरेको छ । शान्ति सुरक्षामा खलल पुग्ने गरी तो डफोड, आ गजनी र ज बरजस्ती लगायतका गतिविधि गरे कानून बमोजिम का रबाही गर्ने गृहले चे तावनी दिएको छ ।

बन्दका क्रममा हुने अ वाञ्छित गतिविधि नियन्त्रण गर्न साबिकको भन्दा प्रहरी जनशक्ति बढाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । कार्यालयका अनुसार साबिकको भन्दा पैदल, मोबाइल, पिकेट गस्ती बढाइएको छ ।

बुधबार बिहान विभिन्न संवैधानिक निकायमा नियुक्त पदाधिकारीहरूले राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ लिएका थिए । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक रुपमा संवैधानिक निकायहरूमा नियुक्ति गरेको भन्दै प्रचण्ड–माधव समूहले आकस्मिक रुपमा बिहीबार देशब्यापी आम ह ड्ताल गर्ने घोषणा गरेको हो ।

प्रचण्ड–माधवको समूहले आह्वान गरेको आमह ड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, मिडिया, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अ वरोध नगर्ने स्पष्ट पारेको छ । यस्तै विद्यार्थीहरुको परीक्षा सञ्चालनमा पनि कुनै अ वरोध नहुनु प्रचण्ड–माधव समूहले जनाएको छ । यातायत, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने प्रचण्ड–माधव समूहले जनाएको छ ।


Last Updated on: February 4th, 2021 at 8:47 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया