बिहिबार २१ साउन २०७८

किर्गिस्तानले नयाँ प्रधानमन्त्री पाएको छ। किर्गिस्तानको संसद्ले उलुक्बेक मरिपोभलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो।

संसद्ले सरकारको नयाँ संरचना र कार्यक्रमहरूलाई समेत पारित गरेको अधिकारीहरूले जानकारी दिएका छन्। संसद् बैठकमा बोल्दै नवनिर्वाचित प्रधानमन्त्री ४१ वर्षीय मरिपोभले नयाँ संरचना र कार्यक्रमहरूले सामाजिक तथा आर्थिक समस्याहरूको समाधान गर्ने विश्वास व्यक्त गरे।

संसद्ले पारित गरेको नयाँ संरचनामा मन्त्रिपरिषद्को सङ्ख्या घटाइएको छ भने उपप्रधानमन्त्रीको सङ्ख्या एक मात्रै गरिएको छ । त्यसैगरी मन्त्रीहरूको सङ्ख्या पनि १६ मा झारिएको छ । यसअघि मन्त्रीहरूको सङ्ख्या २२ रहेको थियो।

केही मन्त्रालयहरू गाभेर वा आधा आधा बाँडेर नयाँ मन्त्रालय बनाएको छ भने केही मन्त्रालयमा सामान्य परिवर्तन गरिएको छ। नवनिर्वाचित प्रधानमन्त्री मरिपोभ यसअघि एकाउन्टीङ चेम्बरको अध्यक्षको रूपमा कार्यरत थिए।

जनवरी २१ मा तत्कालीन प्रधानमन्त्री साडीर झापारोभले राजीनामा दिएपछि उनी किर्गिस्तानमा नयाँ प्रधानमन्त्री चयन भएका हुन्।


Last Updated on: February 4th, 2021 at 9:02 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया