सोमबार ०७ आषाढ २०७८

प्रतिगमन वि’रुद्ध भन्दै माधव-प्रचण्ड समूहले गरेको नेपाल बन्द गरिब रुवाउने बाटो भएको छ । यसैबीच प्रचण्ड-माधवका कार्यकर्ताले काठमाडौंको गोंगबुमा टाटासुमो तो’डफोड गरिदिएका छन। आम ह’ड्ताल उल्लंघन गरेको भन्दै सुमो तोडफोड गरिएको हो ।

गोंगवु चोकबाट कपुरधारा जाने बाटोमा ना१ ज ८८५९ नम्बरको सुमो तोडफोड गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशिल सिंह राठौरले बताएका छन। आफ्नो टाटा सुमो फु’टाएको भन्दै चालकले ब’र्बाद भयो भन्दै गाडी सुम्सुम्याए पछी दृश्य नमिठो देखिएको थियो ।

विभाजित नेकपाको प्रचण्ड–माधव समूहले आज आह्वान गरेको देशव्यापी आम हड्तालका कारण राजधानी काठमाडौं लगायत देशैभरको जनजीवनमा असर परेको छ। काठमाडौंमा बिहानैदेखि सार्वजनिक तथा निजी सवारी, पसल व्यवसाया खुलेका छैनन् । फाट्टफुट्ट चलेका सार्वजनिक सवारीमा पनि बन्दकर्ताको आक्रमणको जोखिम उत्तिकै छ ।

मुख्य सडक आसपासमा पसल खुलेका छैनन् भने भित्री क्षेत्रका पसल व्यवसाय सन्चालनमा छन् । बन्दकर्ताले आत्यावश्यक सेवाका सवारीलाई सन्चालनमा रोक नगर्ने बताएका छन्। आज बिहानै बन्दकर्ताले गोंगवुमा ट्याक्सीमा आ’गजनी गरेपछि सार्वजनिक सवारीमा जो’खिम बढेको छ । कलंकीमा ब’न्द सफल पार्न हिँडेका नेकपा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य सहितका केहि नेतालाई प्रहरीले गि’रफ्तार गरेको छ ।


Last Updated on: February 4th, 2021 at 9:50 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया