आइतबार ३० जेठ २०७८

विराटनगर: नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आह्वान गरेको आम ह’ड्तालका क्रममा प्रदेश १ को राजधानी विराटनगरमा चिया नास्ता पसलमा काम गरि रहेका माथि उम्लिइरहेको ता’तो ते’ल खन्याइएको छ । दाहाल–नेपाल समूहका नाममा घटाइएको क्रु’रतापू र्ण घटनामा परेर दुई महिला घा’इते भएका छन्।

घा’इतेहरु एउटै परिवारका आमाछोरी हुन् । ह’ड्तालका क्रममा विराटनगर महानगर पालिका–२ मा रहेको पसल सञ्चालन गरेको भन्दै ब’न्द गर्न पुगेको दाहाल–नेपाल समूहका कार्यकर्ताले अपरान्ह १२ बजेतिर उनीहरुलाई ता’तो ते’ल ख’न्याइ दिएका हुन। उमा लेर सिङ्गडा (समोसा) पकाउन तयारी अवस्थामा राखिएको तेल खन्याउँदा पसल सञ्चालक प्रमोद सहनीकी श्रीमती ४० वर्षीया बसन्ती सहनी र उनकी छोरी २२ वर्षीया वविता सहनी सामान्य घा’इते भएका छन्।

पसलमा काम गरिरहेका बेला ए’क्कासि आएको समूहले उनीहरु माथि तेल ख’न्याइ दिएको हो। उ’म्लिइरहेको तेल ख’न्याइ दिएपछि आमा–छोरीको शरीरका विभिन्न भागमा चो’ट लागेको छ। घा’इते मध्ये बविता ६ महिनाकी सुत्केरी हुन्। घटनाका विषयमा चाल पाएको प्रहरीले त्यसमा संलग्नलाई कारबाही अघि बढाउनका लागि घटनास्थल परपर रहेका सिसी टिभीको फुटेज अध्ययन गर्न थालेको छ।


Last Updated on: February 4th, 2021 at 4:53 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया