आइतबार ०७ कार्तिक २०७८

सुर्खेत । नेकपाको प्रचण्ड-नेपाल समूहले आज देशभर आमहड्ताल गरेको छ । यस्तै प्रचण्ड-नेपाल समूहको बन्दको प्रभाव सुर्खेतमा पनि परेको छ ।

सडकमा प्रचण्ड नेपाल समूहका कार्यकर्ता बन्द गराउनुपर्छ भन्दै सडकमा प्रदर्शन गरिरहेका छन् भने ओली समूहका कार्यकर्ता पनि बन्द गर्न पाइदैन भन्दै सडकमा प्रदर्शन गरिरहेका छन् ।

बन्दको विरोधमा ओली समूहको भातृ संगठन अनेरास्ववियुले मोटरसाइकलमा जुलुस निकालेका हुन् । उनीहरुले बन्द गर्न पाईँदैन, विद्यार्थीलाई पढ्न देऊ, व्यापारीलाई व्यापार गर्न देऊ लगायतका नारा लगाउदै प्रदर्शन गरेका छन् ।

यस्तै बन्द गर्न उत्रिएका प्रचण्ड नेपाल समूहका युवाहरुले मोटरसाइकलमा सवार एक युवालाई कुटपिट गरेका छन् । उनीहरुले दैलेख भैरवी गाउँपालिकाका जोरासिंह विष्टलाई कुटपिट गरेका हुा् । कुटपिटबाट विष्ट सामान्य घाइते भएको बताइएको छ ।

संवैधानिक निकायहरुमा जबरजस्ती प्रमुख र सदस्यहरु नियुक्त गरिएको भन्दै यसको विरोधमा प्रचण्ड–नेपाल समूहले आज देशभर आमहड्ताल गरेको हो ।


Last Updated on: February 4th, 2021 at 5:00 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया