सोमबार ०७ आषाढ २०७८

सत्तारुढ नेकपाको प्रचण्ड–नेपाल समूहले आह्वान गरेको बन्दको अवज्ञा गरेको भन्दै काठमाडौंमा बिहीबार बिहान एउटा ट्याक्सीमा आगजनी गरिएको छ ।

सामाखुसीबाट चावहिल जाने भनेका व्यक्तिले बन्दको अवज्ञा गरेको भन्दै ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको सो ट्याक्सीका चालक कुम्भनारायण श्रेष्ठले जानकारी दिए । आफू भित्र रहँदा नै आगजनी गरिएको धन्न ज्यान जोगाउन सकिएको उनको भनाइ छ ।

‘बन्दमा नचलाउन सम्झाएको भए, चलाउने थिइँन्’, मलिन अनुहार पार्दै चालक श्रेष्ठले भने, ‘तर, गरिखाने ट्याक्सी नै जलाइदिएको भए हुन्थ्यो ।

जनताका नाम हुने बन्दले जनताको गरिखाने साधनमाथि आगजनी र तोडफोड भएको यो पहिलो घटना होइन । आजै पनि मुलुकका विभिन्न स्थानमा गाडीमाथि तोडफोड भएको छ ।


Last Updated on: February 4th, 2021 at 5:06 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया