आइतबार ०७ कार्तिक २०७८

आफ्ना प्रेमीले अर्कै केटीसँग बिहे गर्न लागेको थाहा पाएपछि एक युवतीले प्रेमीको हत्या गरेकी छिन् । ती युवती यत्तिमै रोकिइनन्, उनले प्रेमीको गुप्तांग काटेर पकाएर घरनजिकै घर निर्माणको काम गर्ने मजदुरलाई खुवाइन् । युएइमा बस्दै आएकी मोरक्कोकी नागरिक ३० वर्षकी ती युवतीले प्रेमीको गुप्तांग काटेर परम्परागत अरबी खाना मचबूस बनाएकी थिइन् । मचबूस बिरयानी जस्तै खाना हो ।

अरबमा मचबूस निकै लोकप्रिय छ र यो बहराइनको राष्ट्रिय खाना हो । मचबूस पकाएपछि ती युवतीले त्यो खाना आफ्नो घर नजिकै निर्माणको काम गर्ने पाकिस्तानी मजदुरहरुलाई खान दिएकी थिइन् । मिररको रिपोर्टअनुसार ती युवती र उनका प्रेमी ७ वर्षदेखि साथमा थिए । तर, अचानक उनले मोरक्कोमा अर्की कुनै युवतीसँग बिहे गर्ने योजना बनाइरहेको खुलासा गरेपछि उनीहरुको सम्बन्ध टुक्रिएको थियो ।

युवतीले प्रेमीको कुरा सुनेपछि आफूभन्दा १० वर्ष कान्छा प्रेमीसँग झगडा परेको र आफूले उनको हत्या गरेको स्वीकार गरेकी छिन् । उनले प्रेमीको शरीरको बाँकी अंश कुकुरहरुलाई खुवाएको बताएकी छिन् । मृतक युवकका दाजु उनलाई खोज्दै घरमा आउँदा प्रेमीको शरीरको एउटा दाँत मात्र बाँकी थियो जुन ब्लेन्डरमा थियो । हत्या गरेको स्वीकार गरेपछि उनको मानसिक स्थितिबारे जाँच गर्न उनलाई मानसिक अस्पताल लगिएको छ ।


Last Updated on: February 4th, 2021 at 5:28 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१६८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया