शुक्रबार ०४ आषाढ २०७८

विवाह एक अटूट बन्धन हो । यो जीवनभर साथ निभाउने सम्बन्ध हो । यसलाई बलियो बनाउनका लागि पति-पत्नी दुुबैको सहयोग जरुरी हुन्छ ।

यदि, कोही एकलाई सम्बन्धमा समस्या हो भने त्यसलाई लामो समय टिकाउन मुस्किल हुन्छ। वैवाहिक जीवनमा पति-पत्नीबीच सामान्य झगडा स्वभाविक हो।

यद्यपी, कहिलेकाँही सानै कुराले पनि ठूलो रुपम लिनसक्छ। कहिलेकाहिँ पुरुषहरुले आवेशमा आएर जथाभावी बोल्दा महिलाको मन लामो समयसम्म दुख्ने गर्छ । त्यसैले जान्नुुस्, कस्ता कुराले तपाईंकी पत्नीलाई चोट पुु-याउँछ।

१> चाहे तपाईंकी पत्नी कार्यालयमा काम गरुन् वा घर सम्हालुन् । उनीहरुलाई पतिले प्राय ‘तिमीले धेरै बुुझ्दैनौं’ भनेर चुप लगाउन खोजिन्छ। यो कुरा उनीहरुलाई मन पर्दैन किनकी उनले हरेक सुुझाव तपाईंको समस्याको हल खोज्ने मनसायले दिएकी हुन्छिन्।

२>हाँसो ठट्टाका क्रममा होस् या रिसमा पुरुषहरुले धेरैपटक आफ्नी पत्नीको माइतीबारे टिप्पणी गर्छन् । यद्यपी, तपाईंको पत्नीका लागि उनको माइतीबारे कुनै पनि नराम्रो कुरा सुन्नुु असह्य हुन्छ। यसबारे कुनै प्रतिक्रिया नदेखाएपनि उनीहरुको मनमा यस्तो कुरा गडिरहेको हुन्छ।

३ >महिलालाई उनीहरुको कामबारे प्रश्न गरेको पनि निकै नराम्रो लाग्छ । जब पतिले ‘तिमी दिनभरी के गर्छौ।।’ भन्नेजस्ता प्रश्न गर्छन् तब उनीहरुको मन दुख्छ।

एक घरलाई घर जसरी व्यवस्थापन गरेर राख्नुु सहज काम होइन । लकडाउनको समय घरमा बस्दा तपाईंलाई यो कुरा महसुस पनि भयो होला।

४ >घरको सरसफाई, खान बनाउने, कपडा धुने आदी त्यस्ता साना–ठूला कामहरु हुन्छन्, जो दिनभर चलिरहेको हुन्छ। यस्तोमा पत्नीको कार्यक्षमतामा प्रश्न उठाउँदा उनीहरुको मनमा ठेस पुुग्न सक्छ।

५ > एक युवती आफ्नो घर-परिवार छाडेर एक नयाँ परिवारको हिस्सा बन्छिन् र त्यसलाई सजाउँछिन्। यदि, उनलाई ‘सधैं मनोमानी गर्छेस्…’ भनियो भने उनी स्तब्ध हुन्छिन्। उनले आफ्नो पूरा समय तपाईं र तपाईंको परिवारका सदस्यलाई दिएकी हुन्छिन्।

यसबीच कतिपटक उनी आफ्नो ख्याल राख्न पनि भुल्छिन् । त्यसैले यो कुरा याद राख्नुुस् र अन्जानमा कहिले पनि यस्ता कुरा गरेर पत्नीको मन नदुखाउनुस्।


Last Updated on: February 4th, 2021 at 5:56 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया