बिहिबार १० आषाढ २०७८

मुन्द्रेको कमेडी क्लब शो मा अभिनेत्री करिश्मा मानन्धर अध्यक्षको रुपमा छन् । उनी शो को दास्रो सिजनमा आएकी हुन् । यस अघि दिपा श्री निरौलाले अध्यक्षता गर्ने गरेकी थिइन् । दोस्रो सिजनमा करिश्मा भित्रिदा निकै चर्चा भएको थियो । दिपाश्री विवादित भएकै बेलामा उनको स्थानमा शो मा करिश्मा भित्रिएकी हुन् । करिश्मा हाँस्य कार्यक्रममा सहभागी भएको यो पहिलो पटक हो ।

हाँस्य कार्यक्रममा फरक विधाको अध्यक्ष राखिएको भन्दै विवाद समेत भएको थियो । तर अहिले करिश्माले आफुलाई सफल सावित गरेकी छन् । आफ्नो श्रीमती करिश्मा कमेडी शोमा गएपछि पहिलो पटक त्यसको प्रतिकृया दिएका छन् । उनले आफुलाई कति वेला करिश्माले सहज महशुष नगरेको हो की भन्ने लागेको बताए।

उनले करिश्माको त्यो कार्यक्रम युट्युवमा हेर्ने गरेको बताएका छन् । त्यसमा रहेका कलाकारहरु आफुलाई मन पर्ने बताएका छन् । करिश्माले पनि श्रीमानको आग्रहकै कारण सहभागी भएको बताएकी छन् । विनोदले भने अलि दिल खोलेर हाँस्न करिश्मालाई सुझाव दिएका छन् । कहिले काँही अलि कन्सस भएको लाग्ने पनि विनोदले बताएका छन् । शो मा सबैभन्दा राम्रो हाँसो मुन्द्रेको लाग्ने गरेको बताएका छन् । त्यस वाहेक गेष्टका रुपमा आउनेहरु पनि निकै मन पर्ने बताएका छन् ।


Last Updated on: February 4th, 2021 at 6:13 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३५० पटक हेरिएको

तपाईको प्रतिक्रिया