सोमबार ३१ जेठ २०७८

टर्कीका एक टेलिभिजनकर्मीलाई त्यहाँको अदालतले एक हजार ७५ वर्ष जेल सजाय सुनाएको छ । ६४ वर्षीय आदनन अक्तरलाई यौ ‘न अ’प’रा’ध अभियोगमा यति धेरै कैद सजाय हुने फैसला सुनाइएको हो । उनीमाथि क’रणी र हिं ‘सा, ना’बाल’कको यौ’ न शो’षण’लगायतका अभियोगमा दोषी ठहर गरिएको हो । अदालतले अक्तरसँगै अरू दुई जनालाई २११ र १८६ वर्ष जेल सजाय सुनाएको छ ।

सञ्चारमाध्यमहरूका अनुसार अक्तर यो सँगै सन् २०१६ मा कू’को प्र’यास गरेको मुस्लिम समूह फे’तुल्ला’ह गु’लेन सँगको साँ’ठगाँ’ठमा पनि दोषी पाइएका छन् ।

सुनुवाइका क्रममा अक्तरले आफ्ना झण्डै एक हजार जना गर्लफ्रेण्ड भएको बताएका थिए । ‘मेरो मनमा महिलाप्रति मायाको सागर छ । प्रेम मान्छेको गुण हो । यो एउटा मुस्लिमको गुण हो,’ उनले एउटा सुनुवाइमा भनेका थिए । अक्तर आफ्नो टेलिभिजन स्टुडियोमा महिलाले घेरिएर बसेका हुन्थे ।


Last Updated on: February 4th, 2021 at 7:58 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया