शुक्रबार ०४ आषाढ २०७८

एजेन्सी । बलिउड अभिनेत्री मलाइका अरोडा आफ्नो ग्ल्यामरस अन्दाज र बोल्ड लुकका लागि चिनिन्छिन् । यसपटक उनको सर्ट ड्रेस लुक भाइरस भएको छ । यस तस्विरलाई फ्यानहरुले निकै मन पराएका छन् । मलाइका सोशल मिडियामा निकै सक्रिय रहन्छिन् । यी अभिनेत्री आफ्नो फिटनेशको निकै ख्याल गर्छिन् । पछिल्ला दिन उनले आफ्नो फिटनेस फोटोज र भिडियोहरु शेयर गरिरहेकी छिन् ।

यसपटक मलाइकाले एक हट फोटो सुटको तस्बिर साझा गरेकी छिन् । यो फोटोमा मलाइका सेतो सर्ट लगाएर सोफामा बसेको देखिन्छिन् । अभिनेत्रीले सेतो सर्टसँग म्याच हुने सेतो रंगको बुट्स लगाएकी छिन् । मलाइकाले आफ्नो इन्स्टाग्राम ह्यान्डलबाट तीनवटा फोटो साझा गरेकी छिन् । मलाइकाले आफ्नी बहिनी अमृता अरोडको जन्मदिनका अवसरमा खिचेका फोटो सार्वज्निक गरेकी हुन् ।

बहिनी अमृताले नै यी फोटो खिचेकी हुन् । दिदी मलाइका र नजिककी साथी करिना कपूरसँग अमृताले ३१ जनवरीमा आफ्नो ४३ औं जन्मदिनको खुसीयाली मनाएकी थिइन् । मलाइका अरोरा आफ्ना ब्वाईफ्रेन्ड अर्जुन कपूरसँगको सम्बन्धका कारण पनि चर्चामा रहन्छिन् । मलाइकाले २०१७ मा अरवाज खानसँग डिभोर्स गरेकी थिइन् । यो जोडीका एक छोरा अरहान खान १९ वर्षका भइसकेका छन् ।


Last Updated on: February 4th, 2021 at 8:53 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया