शुक्रबार ०४ आषाढ २०७८

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की पूर्व-सांसद एवं नेतृ निरु पालले प्रदेश सभा खारेज गर्न प्रधानमन्त्रीलाइ सुझाव दिएकी छन् । ‘संघीयता’ नामको सेतो हात्ती नेपालले धान्न नसक्ने भन्दै उनले प्रदेशहरू खारेज गरेर बरू प्रत्यक्ष निर्वाचित कार्यकारीकाे व्यवस्था गर्नुपर्ने बताएकी हुन् ।

बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै उनले प्रदेश खारेज गरेर स्थानीय तहलाई बलियो बनाउनु पर्ने बताएकी छन । ‘मलाई पार्टीले कारबाही गरेपनि गरोस्, कुनै दिन टिकट पाएछु र जनताले हराए छन् भने पनि ठिकै छ सहुँला’ पालले लेखेकी छन्,‘तर हाम्रो जस्तो सानो मुलुक आर्थिक स्थिति कमजोर भएको मुलुक। प्रत्येक नेपालीको टाउकोमा विदेशीको ऋण छ ।

प्रधानमन्त्रीज्यू ! यो संघीयता नामको सेतो हात्ती हाम्रो मुलुकले धान्दैन। मुठ्ठी भर नेता त खुसीँ छौँ, कोही मुख्यमन्त्री, कोही प्रदेश मन्त्री, कोही सांसद छौं । तलब-भत्तामै देशको ढुकुटी नसिध्याऔं !’ जनताको घर दैलोसम्म सेवा पुर्‍याउनु मुख्य कुरा रहेकाे भन्दै उनले थपेकी छन्, ‘जनताले चाहेको अधिकार विकेन्द्रिकरण हो बरु स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाऔं, जनताको घरदैलोमा सर्वसुलब ढंगले सेवा पर्‍याऔं ।’


Last Updated on: February 5th, 2021 at 8:49 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया