आइतबार १२ मंसिर २०७८

एजेन्सी, २५ पौष । इन्डोनेशियाली विमान वेपत्ता भएको छ । यात्रु र चालक दलका सदस्यसहित ६२ जना बोकेको बोइङ ७३७ विमान राजधानी जर्काताबाट उडेको केही मिनेटमै वेपत्ता भएको छ ।

प्रारम्भिक डाटाले विमान सिधा झरेको देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विमान जाकार्ताबाट पोन्टियानाकका लागि उडेको थियो । ९० मिनेटको यात्रा रहेको उक्त उडान भर्दा सुकार्नो हाट्टा विमानस्थ्लमा पानी परिरहेको थियो ।

विमानमा ४६ बयस्क, तीन बालबालिका र तीन साना उमेरका केटाकेटी यात्रा गरिरहेका थिए । विमान पानीमा खसेको विषय पनि बाहिर आएको छ । यसको आधिकारिक पुष्टि भएको छैन । तस्बिरः एजेन्सी


Last Updated on: January 9th, 2021 at 7:33 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया