आइतबार ३० जेठ २०७८

अहिले युटुबमा निक्कै रोचक भिडियोहरु अपलोड हुने गरेका छन् । हामीलाई केही कुरा गर्न आएन भने पनि युटुब हेरे पुग्छ । युट्युबमा एउटा यस्तो भिडियो सार्वजनिक भएको छ जसमा एउटा कमिलाले हिरालाई बोकेर हिँडिरहेको छ । युट्युबमा राखिएको यो भिडियोमा धेरैले कमेन्ट गरेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘अब म कमिलालाई विश्वास गर्न सक्दिनँ ।’ अर्का प्रयोगकर्ताले लेखे, ‘कसैले हिरा चोरेको हुनसक्छ र आरोप चाहिँ कमिलामाथि लगाइदिएको हुनसक्छ ।’

साथै, मनोज नारायण नामका प्रयोगकर्ताले लेखेका छन्, ‘यो एक तालिमप्राप्त कमिला हो । ’ जसवंत लेख्छन्, ‘करोडपती कमिला ।’ यस्तै अर्का व्यक्तिले लेखे, ‘संसारको सबैभन्दा धनी कमिला । एक रिपोर्ट अनुसार कमिला आफूभन्दा ५० गुणा भारी सामान उठाउन सक्छन् । लाइभ साइन्स वेबसाइटमाथि एक अमेरिकी युनिभर्सिटीका जानकारले पनि कमिलाले आफ्नो तौलभन्दा सय गुणा गह्रुँगो सामान उठाउन सक्ने बताएका छन् ।


Last Updated on: February 5th, 2021 at 12:50 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया