बिहिबार १० आषाढ २०७८

तनहुँमा भएको एउटा घटना अहिले सामाजिक सञ्जाल निकै चर्चामा छ । इन्डियन लाहुरे रहेका राहुल गुरुगंले स्मीतासंग निकै सानोमा विवाह गरेका थिए । उनीहरुको प्रेम विवाह थियो । तर स्मीताले गरेको एउटा गल्तीका कारण यति राम्रो जोडी भताभुंग भएको थियो ।

स्मीतालाई जनकपुरका नारायण यादव भन्ने ब्यक्तिले सुरुमा मिठा कुरा गरे । स्मीतालाई विश्वासमा पारे । आफ्नो सानो छोरीलाई स्कूल लैजान भनेर घरवाट निस्केकी स्मीता अन्तत घर छोडेर नारायणलाई भेट्न काठमाडौ गइन् । उनी हराएपछि स्मीताका श्रीमानले खोजी गरे । एक महिना पछि उनी काठमाडौको एक होटलमा नारायणसंग फेला पारे ।

तर जब स्मीतालाई उनका आफन्तले फेला पारे त्यसपछि स्मीताले नारायणको वास्तविकताका बारेमा थाहा पाइन् । नारायणले आफु अविवाहित भएको र परिवारमा कोही छैन भनेर झुटो बोलेका थिए । उनीहरुबीच ८ महिना देखि सामाजिक सञ्जालमा कुरा हुँदै गयो । तर त्यती विश्वासमा पारेर काठमाडौ बोलाएका नारायणले स्मीतालाई बेच्ने उद्देश्य राखेका थिए भन्ने कुरा जब उनले थाहा पाइन त्यस पछि उनी छाँगावाट खसेजस्तो भइन् ।

अहिले उनी निकै पछुताएकी छन् । तर गल्ती भइसक्यो । उनले आफुले गल्ती स्वीकार गर्दै अन्तिम पटक आफ्ना श्रीमानसंग एउटै फ्रेममा आए । तर जव स्मीताले गल्ती स्वीकार गरिन् त्यती बेला सम्म उनको जिवनले अर्कै मोड लिइसकेको छ । अहिले दुवै जनाले सहमति मै सम्बन्ध विच्छेद गर्ने निर्णय गरे । जब अन्तिम पटक उनीहरु भेटिए त्यसबेला दुवैले आफुलाई सम्हाल्न सकेनन् ।

स्मीता बोल्नै सकिनन् भने राहुलको आँखा भरिएर आयो, गला अवरुद्ध भयो । तनहुका राहुल गुरुगं इन्डियन लाहुरे र सानी छोरीलाई छोडेर हिडेकी स्मीता काठमाडौको होटलमा जनकपुरका नारायण यादवसंग भेटिएकी थिइन् । श्रीमानले आफुले कहिल्यै मोबाइल चेक नगर्ने बताएका छन् । मैले श्रीमतीलाई कहिल्यै संका गरिन बिश्वास गर्दा अहिले घर न घाटको भएको बताएका थिए ।

बिचमा घटनाक्रम जति नै आएपनि अन्त्यमा आएर पुनर्मिलन भएको समाचार सार्वजनिक भएको छ । नेपाली समाजमा महिलाकालागी एउटा भन्ने चलन,‘जस्ले घरको संघार नाघेर जान्छ त्यसलाई त्यो घरमा फर्कने कुनै अधिकार नै छैन ।’ तर यो भनाईलाई नकारेकाछन् इण्डियन लाहुरे राहूल गुरुंगले । उनले एक महिना अगाडी आफ्नो घरको संघार नाघेर अर्कैसंग गएकी श्रीमती स्मीतालाई फेरी आफ्नै घर र मनमा बास दिएका छन् । राहूलको यो निर्णयको यतिबेला संसारभरीबाटै सबैले प्रशंसा गरेका छन् ।

केही दिन अघिमात्र आफुलाई र छोरीलाई छाडेर नारायण यादवसंग भागेकी श्रीमती स्मीतालाई फेला पारेका राहूलले आईतबार सम्बन्ध विच्छेदको कागजमा साईन गरिदिएर स्मीतासंगको सबै सम्बन्ध तोडिदिएका थिए । तर जतिजति दिन र रात बित्दै गयो त्यति त्यति राहूललाई स्मीताको मायाले सताउँदै गयो । अन्ततः उनले समाजले र कानूनले बनाएको कागजको टुक्रालाई भन्दा बढी प्राथमिकता आफ्नै श्रीमती स्मीतालाई नै दिए । र पुनहः स्मीताको सिन्दुरमा सिउँदो भरिदिए ।


Last Updated on: February 6th, 2021 at 6:12 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२८०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया