शनिबार १८ मंसिर २०७८

व्यास १२ घाँसिकुवामा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा एक बालक र अर्की महिला घाइते भएका छन् ।

दिउँसो भएको दुर्घटनामा परी ज्यान गुमाउनेमा धादिङ ८ निवासी २२ वर्षका गोविन्द मगर छन् ।

डुम्रेबाट दमौली तर्फ आउँदै गरेको ग १४ प २५१२ नम्बरको मोटरसाइकल ग १ ह ०१ नम्बरको अटो संग ठोकिएर बा ४ ख ८९९६ नम्बरको बसमा ठोक्किँदा भएको दुर्घटनामा परी घाइते हुनेमा धादिङ ८ गल्छीबेसी निवासी २० वर्षीया सुनिता तामाङ र उनका छोरा ३ वर्षका आशिष छन् ।

घाइते भएका गोविन्दको उपचारका क्रममा दमौली अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।घाइतेको पोखराको मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Last Updated on: February 5th, 2021 at 6:18 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया