मंगलबार ०८ आषाढ २०७८

नायिका स्वेता खड्का आज आफ्नो जन्मदिन मनाउँदैछिन् । भर्खरै विवाह बन्धनमा बाँधिएर चर्चामा रहेकी खड्का केहि दिन अघि सुष्मा कार्कीसँग भएको लफडाको कारण चर्चामा छिन् ।

चलचित्र ‘कहाँ भेटिएला’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका स्वेता खड्काले यसपछि केहि चलचित्रमा अभिनय गरिन् ।

उनलाई चलचित्र ‘कहाँ भेटिएला’ले परिचित गरायो भने ‘कोहिनुर’बाट उनी निर्मात्रीको रुपमा पनि हिट भइन् ।बिहे गरेको एक महिनामै नै नायक श्रीकृष्ण श्रेष्ठको निधन भएपछि स्वेता केहि बर्ष विक्षिप्त बनिन् ।

विवाह बन्धनमा बाधिँएको हुनाले उनले आफ्नो परिवारसँग जन्मदिन मनाएकी छिन् ।


Last Updated on: February 5th, 2021 at 8:21 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
९९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया