शुक्रबार ०४ आषाढ २०७८

चिसो मौसममा बदाम (पिनट्स, मुंगफली) खान बच्चादेखि वृद्धसम्मलाई मन पर्छ । इनर्जी, फ्याट, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन र मिनरल्सले भरपूर हुन्छ बदाम। जो शरीरका लागि निकै लाभदायक हुन्छ । यदि तपाईले सही तरिकाले यसलाई खाने गर्नुभएको छ भने काजु–बदामभन्दा बदाम १० गुणा ज्यादन फाइदाजनक हुन्छ ।

बदाम खाने सही तरिका

भिजेको बदाम

बदाम भिजाएर खानाले यसमा भएको न्युट्रिएन्टस शरीरमा पूरै पुग्छ । त्यसैले चिकित्सकहरूले बदाम खान सल्लाह र सुझाव दिने गर्छन् । यदि तपाईले चाहनुभयो भने अन्य खानेकुरामा पनि यसलाई मिलाएर खान सक्नु हुन्छ ।

महसँग मिलाएर खानुस्

एक अध्ययनअनुसार चिसो मौसममा बदाम र मह खानु निकै फाइदाजनक हुन्छ । बदाम र मह दुवैमा भरपूर आइरन हुने भएकाले यसले रक्तसञ्चारलाई नियन्त्रणमा राख्छ । जसले मुटुको विरामीलाई बचाउन मद्दत गर्छ । यदि कोही मानिसमा रगतको कमी छ भने उसले महमा बदाम मिलाएर खानुस् धेरै फाइदा हुन्छ ।

बदामको पौष्टिक गुण

बदामले रोग लागेकालाई मात्र बचाउँदैन, यसले दिमाग र आँखाको ज्योतिलाई बढाउँछ पनि । सय ग्राम बदाममा ५६७ क्यालोरी, ४९ ग्राम फ्याट, शून्य एमजी कोलेस्ट्रोल, १८ एमजी सोडियम, ७०५ एमजी पोटासियम, १६ ग्राम कार्बोहाइड्रेट, नौ ग्राम डायटरी फाइबर, चार ग्राम सुगर, २६ ग्राम प्रोटिन, नौ प्रतिशत क्याल्सियम, १५ प्रतिशत भिटामिन बी–६, ४२ प्रतिशत म्यानेसियम र २५ प्रतिशत आइरन हुन्छ ।

बदाम सही मात्रामा खानुहोस्

बदाम धेरैजसो जोडा मौसममा खाइन्छ । यसलाई आवश्यकभन्दा धेरै नखानुहोस् । यसमा रहेको अत्यधिक ऊर्जाले तपाईको शरीरलाई नोक्सान पनि पु¥याउन सक्छ।

बदामको फाइदा

सुगरलाई नियन्त्रण गर्छ
दैनिक बदाम खानेलाई सुगरको सम्भावना २१ प्रतिशत कम हुन्छ ।
टोंड मसल्स
यदि तपाई मसल्स बनाउन चाहनु हुन्छ भने दैनिक भिजेको मुंगफली खाने गर्नुस् ।
क्यान्सरबाट बचाउँछ
बदाममा एन्टिअक्सिडेन्ट, आइरन, फालेट, क्याल्सियम र जिंक पाइन्छ, जसले क्यान्सरको सेल्ससँग लड्न मद्दत गर्छ ।
रक्त सञ्चार नियन्त्रण
बदाम खानाले शरीरमा गर्मी उत्पन्न हुन्छ । जसले ब्लड सर्कुलेसनलाई नियन्त्रण गर्छ र मुटुलाई स्वस्थ राख्छ । यसबाट हार्ट हट्याक र मुटु रोग लाग्न निकै कम हुन्छ ।

गर्भवती महिलालाई फाइदा

गर्भवती महिलाले बदाम खानु निकै राम्रो हुनछ । यसले गर्भमा रहेको बच्चाको विकासमा सहयोग पु¥याउँछ ।

तौल घटाउँछ

बदाममा फाइबर ज्यादै हुन्छ । जसले शरीरलाई शक्ति प्रदान गर्छ, यसबाट तौल बटाउन मद्दत पुग्छ ।

तनावबाट मुक्त गर्छ

बदाममा ट्रिपटोफान नामक एमिनो एसिड पाइन्छ । जो मुड सुधार गर्ने हार्मोन सेरोटोनिनलाई स्नाव बढाउँछ । यसले गर्दा मुड शान्त हुन्छ । जसले डिप्रेसनबाट बच्नका लागि धेरै फाइदा गर्छ । बदाममा पाइने भिटामिन ३ ले दिमाग प्रक्रिया तेज बनाउँछ । जसले स्मरण शक्ति पनि बढाउँछ ।

पाचन क्रिया मजबुत हुन्छ

बदाममा भरपूर फाइबर हुने भएकाले पाचन क्रिया र इम्युन सिस्टमलाई मजबुत बनाउँछ । यसबाट रुघाखोकीका साथसाथै कब्जियत हुने विरामीलाई पनि राहत पुग्छ।

रगत बढाउँछ

आइरन धेर पाइने भएकाले बदामको दैनिक प्रयोगले एनिमियाको समस्या हटाउँछ । यसका लागि भिजेको मुंगफली अरुसँग मिलाएर खान सकिन्छ । रगत बढाउन बदाम र मह खानुहोस् ।


Last Updated on: February 5th, 2021 at 9:20 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया