आइतबार ३० जेठ २०७८

भनाइ नै छ, प्रेम अन्धो हुन्छ । प्रेममा उमेर, जातपात, धर्म, धनी गरिब, कालो गोरो केहीले असर पार्दैन । प्रेमले कुनै पनि ब’न्देज तोड्न सक्छ । यसैको पछिल्लो उदाहरण बनेको छ, बेलायतको एक विवाह । जहाँ ८० वर्षीया एक वृद्धाले आफूभन्दा ४५ वर्षकान्छा अर्थात ३५ वर्षीय युवकसँग विवाह गरेकी छन् ।

बेलायत निवासी आइरिस जोन्स नामक वृद्धा महिलाको इजिप्ट निवासी ३५ वर्षीय युवक मोहम्मद इब्राहिमसँग फेसबुकबाट चिनजान भयो । दुबैमा घण्टौसम्म कुराकानी हुन थाल्यो । लामो समयदेखिको कुराकानीपछि इब्राहिमले आइरिसलाई प्रेमको प्रस्ताव राखे । यसैबीच आइरिस इब्राहिमलाई भेट्न इजिप्ट पुगिन् ।

भेटपछि अन्ततः आइरिस र इब्राहिमले गो‘प्य रुपमा विवाह गरे। विवाहपछि धेरैले इब्राहिमले आइरिससँग धनसम्पती कालागी विवाह गरेको टिप्पणी गरेका छन् । तर इब्राहिमले भने उनले आइरिसलाई धनकालागी नभई प्रेमले नै विवाह गरेको बताएका छन् । आइरिसले श्रीमान इब्राहिमको धर्म मुस्लिम धर्म स्वीकार गरेकी छन् । यी दुबैको तस्वीर सामाजिक सञ्जालमा निकै भा’इरल बनेको छ ।

विवाहपछि आइरिस एक रियालीटी शोमा समेत भाग लिएकी थिइन् । जहाँ उनले आफ्नो यौ’ न जीवनका बारेमा खुलेर कुरा गरिन । उनका अनुसार हनीमुनपछि उनका छोराछोरी र नातीनातीनाले उनसँग कुराकानी गर्न बन्द गरेका छन् । आजकल आइरिस आफ्नो श्रीमान इब्राहिमको साथमा इजिप्टमा बस्दै आएकी छन् ।


Last Updated on: February 5th, 2021 at 10:46 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया