बिहिबार १० आषाढ २०७८

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दा गर्दाै आँसु झारेका छन् । आयोजित सभालाई सम्बोधन गर्ने क्रममा ओली भावविव्हल भएका थिए। उनकाे गला अवरुद्ध भयाे र सम्बोधन गर्दा गर्दाै आँसु झारे तर चीसोले आँसु आएको भन्दै आँसु पुछे । ओली त्यसपछि फेरि केहीबेर चुप बसे ।

उनले त्यसपछि भने,‘साथीहरु केही कुरा मात्र भन्न बाँकी छ, चुप लाग्दिनुहोस् ।’ ओली त्यसपछि फेरि केहीबेर चुप बसे । ओलीको आँखाभरी आँसु आएपछि सहयोगीहरु मञ्चमै पुगेका थिए । नेकपा बागमति प्रदेशद्वारा शुक्रबार दरवारमार्गमा आयोजित बृहत आम सभामा बोल्दै उहाँले जनताले चुनावमार्फत देशको स्थायित्व चाहेको उहाँले चर्चा गर्नुभयो । “आमसभाको उपस्थितिले मूल पार्टी यही हो भन्ने प्रमाणित भएको छ, अब पनि कसैलाई भ्रममा छ भने कठ बरा मात्र भन्न सकिन्छ” उहाँले भन्नुभयो, “यो पार्टी सार्वभौम सत्ताको रक्षा, स्वाधीनताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, मुलुकको समृद्धि, लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने पार्टी हो ।”

“हामी कसैलाई धम्की दिंदैनौं, आग्रह गर्छौ, अनुरोध गर्छौ” प्रधानमन्त्री ओलीले थप्नुभयो, “सर्वोच्च अदालत, निर्वाचन अयाोगलाई उहाँहरुले धम्की दिनुभयो, यी संस्थाले स्वतन्त्रतापूर्वक विवेकसम्मत ढङ्गले निर्णय गर्न पाउनेछन् ।” देश चुनावतर्फ अब गयो गयो भन्दै उहाँले अव सबै चिज चुनावले फैसला गर्ने उहाँले प्रष्ट पार्नुभयो ।


Last Updated on: February 6th, 2021 at 7:10 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया