बिहिबार २१ साउन २०७८

आलु हामी दिनहुँ खान्छौं। तर हामीलाई थाहा नहुन सक्छ, आलु छालाको लागि निकै उपयोगी हुन्छ।

आलुको प्रयोगले छालाका विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ। आलुको प्रयोग गर्नाले निम्न समस्याबाट छुटकारा पाउन सकिन्छ।

आँखाको कालो घेराः आलुले आँखाको कालो घेरालाई हटाउन मद्दत गर्छ। आलुलाई ताछ्ने अनि त्यसलाई स–सानो टुक्रा बनाएर आँखामा राख्ने।

१० देखि १५ मिनेटसम्म राखेपछि मनतातो पानीले मुख धुने । यो उपायलाई नियमित रूपमा प्रयोग गरेमा छिट्टै यो समस्याबाट छुटकारा पाउन सकिनेछ।

चाउरीः आलुलाई पिसेर त्यसको रस निकाल्ने, त्यसमा ग्लिसरिन र काँचो दूध मिसाएर अनुहारमा लगाउने । १५ मिनेट सम्म राख्ने अनि अनुहार पखाल्ने । यसो गर्नाले अनुहारमा देखिएको चाउरी बिस्तारै हटेर जान्छ ।

अनुहारको दागः अनुहारको खटिरा र दाग हटाउन आलुलाई पिसेर त्यसको रसमा कागती मिसाएर लगाउने र १५ मिनेटपछि बिस्तारै हातले मसाज गरेर अनुहार धुने । यसको नियमित प्रयोगले अनुहारमा फरक ल्याउनेछ।

घामले डढेको छालाः आलु र गोलभेंडालाई एकैसाथ ग्राइन्डरमा पिसेर पेस्ट बनाउने र यसलाई केही समयसम्म फ्रिजमा राखी चिसो बनाउने। यो पेस्टलाई घामले डढेको ठाउँमा राम्ररी लगाउने र १० देखि १५ मिनेटपछि यसलाई पखाल्ने।

यो पनि पढ्नुहोस
अनुहारमा किन आउँछ कनिका जस्तो सेतो, पहेंलो रङको दाना ? यसरी पाउनुहोस्…

बसमा यात्रा गर्दा वान्ता हुन्छ ? यी घरेलु उपायबाट पाउनुहोस् छुटकारा

चिल्लो छालाः चिल्लो छाला भएकाहरूलाई मुलतानी माटो र आलुको रस मिसाएर प्याक बनाएर लगाउँदा धेरै फाईदा पु-याउँछ।

यसलाई लगाएर केही समय सुक्न दिएपछि मात्र पखाल्नुपर्छ। यो उपाय अपनाउनाले चिल्लो छालाको समस्याबाट मुक्ति पाउन सकिनेछ।

छाला चम्काउनः आलुलाई उसिनेर मुछ्ने अनि त्यसमा थोरै जैतुनको तेल र काँचो दूध राखी पेस्ट बनाएर अनुहारमा लगाउने। यसलाई अनुहारमा १५ मिनेटसम्म राखेपछि मनतातो पानीले पखाल्ने। यसो गर्नाले अनुहारको चमक बढ्दै जानेछ।

चम्किलो कपालः आलुलाई राम्ररी धोएर ताछ्ने र ताछेको बोक्रालाई पानीमा राखेर उमाल्ने । केही समय उमालेपछि आलुको बोक्रालाई छान्ने र छानेको पानीमा दुई चम्चा चुक अमिलो मिसाउने।

कपाल नुहाइसकेपछि यो पानीले कपाललाई पुनः राम्ररी पखाल्ने। यसो गर्नाले कपाल चम्किलो हुन्छ।

सुख्खा कपालः तीन चम्चा आलुको रसमा दुई चम्चा घिउकुमारीको रस अनि एक चम्चा मह मिसाएर प्याक बनाउने र यसलाई कपालमा राम्ररी लगाउने।

यसलाई लगाएको एक घण्टापछि राम्ररी कपाल पखाल्ने। समय समयमा यसको प्रयोग गर्नाले कपाल सुख्खा हुने समस्याबाट छुटकारा पाइन्छ।


Last Updated on: February 6th, 2021 at 9:55 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया