बिहिबार १० आषाढ २०७८

काठमाडौ । परिक्षा दिन भन्दै एक शिक्षकले होटलमा लगेर होटलको कोठा भित्र परिक्षा दिन लगाएको कुरा सार्वजनिक भएपछि पोखरामा तरंग उत्पन्न भएको छ । एक युवती कक्षा ११ मा अध्ययन गरेकी थिइन् । उनलाई दुई विषय लागेको थियो । त्यसको पुरक परिक्षा दिन पाउने ब्यवस्था थियो । तर ति युवतीलाई शिक्षकले परिक्षा दिन हिँड भनेर युवतीलाई मोटरसाइकलमा राखेर होटलमा लिएर गए ।

युवतीले आफ्नो शिक्षकले त्यसरी होटलमा लैजालान् भन्ने अनुमान नै नगरेको बताएकी छन् । सरले परिक्षा दिन हिँड भनेर भन्नुभयो, मैले त नजिकै होला भन्ने सोचेर मोटरसाइकलमा बसें तर सरले होटलमा लिएर जानुभयो । उनले आफुलाई परिक्षा दिँदा पनि किताव सारेको पनि खुलसा गरेकी छन् ।

होटलको कोठामा परिक्षा दिइन् । किताव सारेर नै लेखिन् । त्यती बेला सम्म युवतीलाई केही लागेको थिएन । तर युवतीले परिक्षा सकियो सर अब जाउँ भनेर भन्दा सरको ब्यवहार देखेर युवती डराइन् । आफ्नो घरवाट टाढा मोटरसाइकलमा लिएर गएका कारण आफु एक्लै फर्कन सक्ने अवस्था पनि थिएन ।

पोखरा बगर टुँडिखेलमा रहेको राष्ट्रिय माबीमा अध्ययनरत पिडित छात्राका अनुसार आफ्नै शिक्षकले परिक्षा लिने भन्दै एक होटेलमा लगेर गलत हर्कत गरेका हुन् ।

मेजर अंग्रेजी विषयको परिक्षा लिने र आफुले सहयोग गर्ने भन्दै शिक्षक शिरिस कुमार बस्ताकोटीले कलेजमा नहुने अन्त कतै जानु पर्छ भनेर आफ्नै मोटरसाइकलमा लगेर गएको छात्रा बताउछिन ।

शिक्षक बास्ताकोटीले लेखनाथ स्थित एक होटेल बुक गरेर आफ्नो परिक्षा त्यहि कोठामा लिएका थिए । तर जब परिक्षा सकियो त्यसपछि शिक्षकले गलत हर्कत सुरु गरेको छात्राले बताइन ।

गलत गर्न खोजे पनि छात्राले सुइँको पाएपछि शिक्षकसंग कुनै दुर्घटना भने नभएको युवतीको भनाई छ । त्यसपछि होटेलको आधा बिल तिर्न लगाएर उनीहरु घर आएको छात्रा बताउछिन । शिक्षक बास्ताकोटी लगायत अन्य शिक्षकको पनि मिलेमतो रहेको हुन सक्ने छात्राले बताइन ।


Last Updated on: January 10th, 2021 at 4:29 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
९१० पटक हेरिएको

तपाईको प्रतिक्रिया