शनिबार ३० आश्विन २०७८

विज्ञानले पत्ता लगाएको छ की हाम्रो सौर्यमण्डलदेखि सबैभन्दा नजिक अर्को सौर्यमण्डल ‘अल्फा सेन्टुरी सिस्टम’ हो। यस सिस्टममा तीनवटा तारा छन् (अल्फा सेन्टुरी ए, अल्फा सेंटरी बी र अल्फा सेन्टुरी सी अथवा प्रोक्सिमा सेन्टुरी। यो ‘ट्रिपल स्टार सिस्टम’ हो। अल्फा सेन्टुरी ए र बी एक अर्काको परिक्रमा गर्छन् ।

अल्फा ए ‘मास’ र चमक दुबैमा हाम्रो सूर्य भन्दा धनी छ अल्फा बी भने सूर्य भन्दा आधी जति मात्रै छ। यिनले एक अर्काको परिक्रमा झण्डै ८० वर्षमा पूरा गर्छन्। परिक्रमा गर्ने कारणले यिनीहरु बीचको दूरी थपघट भई रहन्छ। नजिक हुँदा यिनीहरु बीचको दूरी ११ एस्ट्रोनॉमिकल यूनिट (झण्डै सूर्य र शनि ग्रह बीचको दूरी) र टाढा हुँदा दूरी ३५.६ एस्ट्रोनॉमिकल यूनिट ( सूर्य र प्लूटो बीचको दूरी समतुल्य ) हुने गर्छ।

अल्फा सी अथवा प्रोक्सिमा सेन्टुरी भने यी दुबै भन्दा १३००० एस्ट्रोनॉमिकल यूनिट टाढा ( ०.२१ प्रकाश वर्ष ) छ। पृथ्वीको विज्ञान जगतमा चर्चा अहिले यसै प्रोक्सिमा सेन्टुरीको भइरहेको छ। यो चर्चा हुने विशेष कारण छ। कारण के भने हाम्रो सूर्यको सौर्य मण्डलको एक मात्र जीवन्त ग्रह (अहिलेसम्म थाहा भए अनुसार) पृथ्वीबासीको सबैभन्दा ठूलो खोज गर्ने चाहना तपाईको विचारमा के हुन सक्छ ?

निसन्देह यसको उत्तर एउटै हुन्छ। त्यों हो पृथ्वी बाहेक अन्य कुनै खगोलीय पिण्डमा आफु जस्तो अथवा आफुभन्दा उन्नत किसिमको जीवन छ कि छैन बारे जान्ने अभिलाषा। पृथ्वीका तमाम वैज्ञानिक यस खोजमा संलग्न छन्। प्रोक्सिमा सेन्टुरीबाट यस सम्बन्धमा अमूर्त सन्देश आएको छ।


Last Updated on: February 6th, 2021 at 11:52 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया