आइतबार ३१ आश्विन २०७८

२७ वर्षीया सयाली काले नाम गरेकी एक युवतीले डेटिंग एपको माध्यमबाट १६ जना केटाहरुसंग प्रेम गरेकी छन् । उनी भारतको पुणेमा पर्ने पिंपरी चिंचवड इलाकामा बस्दै आएकी छन् । उनी शिक्षित युवती हुन् । उनको रामै्र जागिर पनि थियो । तर कोरोना महामारीको कारण उनको जागिर गएपछि उनले रोजीरोटीकोलागी यस्तो बाटो रोज्न पुगेकी हुन् । आफ्नो गुजारा चलाउनकोलागी उनले डेटिंग एपको माध्यमबाट केटाहरुसंग प्रेम गर्दै पैसा असुल्दै उनले आफ्नो दैनिकी चलाउँदै आईन् । तर यो उनको तरिका गलत भएको हुनाले यतिबेला भने उनी जेलमा छिन् ।

सयाली कालेले उक्त डेटिंग एपको माध्यमबाट चेन्नईका अशीष कुमारसंग गएको हप्ता चिनजान गरेकी थिईन् । उक्त चिनजानकै आधारमा आशिष कुमारलाई उनले पुणेमा बोलाएर एउटा होटेलमा लगेकी थिईन् । त्याहाँ उनले आशिष कुमारलाई कोल्डड्रिंकमा न’शा’लु प’र्दा’थ मि’ला’एर खु’वा’एपछि उनीसंग भएको सबै गहना र पैसा लुटेकी थिईन् । यो कुरा आशिष कुमारले आफु लु’टिएपछि प्रहरीलाई दिएको बयानबाट थाहा भएको हो । आशिषले उनकोविरुद्धमा प्रहरीमा उजुरी दर्ता गराएका छन् ।

यो विषयमा भारतीय प्रहरीका कमिस्नर श्री कृष्ण प्रकाशले सयाली उर्फ (शिखा) को बारेमा धेरै कुरा भनेका छन् । उनले सयाली उर्फ (शिखा) नाम गरेकी ती महिला एक अपराधि भएको बताएका छन् । कमिस्नर प्रकाशले शिखाले विभिन्न डेटिंग एपको माध्यमबाट पैसावाला केटाहरुलाई सम्पर्क गरेर झुटो मायाको जालमा फसाएर उनीहरुसंग भएको सबै पैसा र गहना लुटेर लगेको बताएका छन् । उनले ती सम्पर्कमा आएका केटाहरुको घरमा पनि काले गएर घरमा भएका सामानहरु पनि चोर्ने गरेको बताएका छन् ।

यति सम्म गर्थिन की आफुले मन परेको केटाहरुसंग उनले सहवास पनि गर्थिन् र उनीहरुलाई बिवाह गर्ने आस्वासन पनि दिने गर्थिन् तर उनले जतिनै जाल बुने पनि अहिले प्रहरीको हिरासतमा बस्नुपर्ने दिन आएको छ ।


Last Updated on: February 6th, 2021 at 1:05 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया