शुक्रबार ०४ आषाढ २०७८

इण्डियन लाहुरे राहूल र स्मिताको सम्बन्ध विच्छेद हुन लागेकोदेखि भएको सम्मका खबरहरुले सामाजिक सञ्जाल तताएपछि यतिबेला भने फेरी उनीहरुको पुनर मिलनले सामाजिक सञ्जाल तताई रहेको छ ।

राहुल गुरुंग र स्मिताको जीवनमा एक सुखद मोड आएको छ । राहुलले स्मिताका सबै गल्ती माफ गरेर घर भित्र्याएका छन् । उनले स्मितालाई साथै लगेर सिन्दुर हालेका थिए ।

आफुले धेरै माया गरेकी श्रीमतीले आफु पल्टनमा हुँदा अर्कैसंग अनैतिक सम्बन्ध गाँसेर घरपरिवार, छोरी अनि स्वयम आफुुलाई नै छाडेर अर्कैसंग गईसकेकी स्मितालाई राहुलले सबै कुराहरुमा क्षमा दिएर फेरी आफ्नो बनाएका छन् ।

राहूलले स्मितासंग पुनर विबाह गरेको खबरले सोशल मिडियामा उनका प्रशंसहरुले उनी र उनको नयाँ सम्बन्धलाई लिएर धेरै शुभकामनाहरु दिई रहेका छन् । राहूलल र स्मिताको यही आइतबार नै सम्बन्ध विच्छेद भई सकेको थियो ।

तर सम्बन्ध विच्छेद भई सक्दापनि उनीहरु एकअर्का बिना बस्न नसक्ने भएपछि फेरी एकले अर्कालाई सम्मान गर्दै अब कहिल्यै नछुट्ने बाचा गरेर पुनहः एकअर्काको भएका छन् । सम्बन्ध विच्छेदपछि विबाह गरेको हुनाले राहूल र स्मिति विबाह दर्ता गराउन वडा कार्यालय गएका छन् ।

राहूलकी आमाले त नातिनी युरिकाकोलागी भएपनि आफु निकै नै खुशी भएको बताएकी छन् । स्मीताले पनि आफ्नै सबै गल्तीहरु स्वीकार गरेकी छन् भने सबैका हिरो बनेका राहूलले पनि आफुले १४ वर्षमा बिहे गरि ल्याएको श्रीमती स्मीताका सबै गल्तीहरुमा माफि दिएका छन् । यतिबेला उनी आफ्नै पुर्खेउली घर गार्खामा पारिवारिक भेटघाटकालागी जाँदैछन् ।

उनले स्मितालाई बुहारीका रुपमा पुन स्वीकार गरेपछि सबै भन्दा बढि खुशी राहुलकी आमा भएकी छिन् । उनका खुशीका आँशु रोकिएका छ्रैनन् । स्मिताका बाबु पनि भारत बागडोगराबाट नेपाल आएका छन् । अहिले दुबै तिरको परिवारमा एक किसिमको खुशीको माहोल छ ।

दुबै परिवारले राहुल र स्मिताको पुनर्मिलनको सहमति गरेका छन् । राहुलका आमा र स्मिताका बाबुले अब उनीहरुको दाम्पत्य जीवन थप राम्रो बनाउन परिवारले साथ दिने बताए । राहुलकी आमाले पनि छोरी सम्झेर माफ गरिदिएको बताएकी छिन् । उनले नातिनीका कारण यस्तो निर्णय गरेको बताइन् ।

यस्तो घटना भएपछि सबैभन्दा ठूलो चिन्ता उनकी सानी छोरीलाई के हुने भन्ने राहुलको पीर थियो । सेनामा भएपनि राहुल कमलो मनका छन् । उनले श्रीमति स्मिताले गरेको गल्तीलाई माफी दिएका छन् ।


Last Updated on: February 6th, 2021 at 1:50 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया