मंगलबार १९ साउन २०७८

धनगढी: कञ्चनपुकी एक बालिकाले समेत टिकटकका कारण सानै उमेरमा ज्यान गुमाउनु पर्‍याे। कक्षा ७ मा पढीरहेकी १३ वर्षीया करुणा चन्दलाई टिकटकको भु’तले समाएको थियो। कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरियाकी उनलाई टिकटकमा भाइरल बन्न केही नयाँ र फरक गनुपर्ने भन्दै कसैले सुनाइदिएको थियो।

त्यसपछि माघ १२ गते भाइरल बन्न उनले स्टुलमा चढेर पं’खा’मा डो’री बाँ’धि न। उक्त समयमा करुणाका साथमा सानो भाइ मात्रै थिए। उमेरले सानै भएकाले दिदीले गरिरहेको क्रियाकलापका बारेमा उनी जानकार भएनन्। बारीमा घाँस काट्न गएकी आमालाई पनि सो कुराको जानकारी हुने कुरै भएन। टिकटक बनाउने बेला करुणाले पंखामा डो’री घाँ’टी’मा समेत बाँ’धे’की थिइन। सोही समयमा खुट्टामुनी रहेको स्टुल ख’स्न पुग्यो र करुणा पंखामा झु’ण्डी’ एको एक आफन्तले बताए।

नजिकै रहेका सानो भाइले गर्न केही सकेनन् तर हतारहतार खेतमा रहेकी आमालाई भने घटनाबारे जानकारी गराउन पुगे। घटनाबारे सुनेर आमा हतारिदै घरमा पुगीन तर ढिलो भइसकेको थियो। त्यतिन्जेलसम्म करुणाले प्राण त्या’गी’सकेकी थिइन। पेशाले शिक्षक रहेका करुणाका बुवा घटनाका बेला घरमा नभएको एक आफन्तले बताए।

उसो त चन्द दम्पतीले यसअघि पनि आफ्नो एक छोरा गु’मा’इसकेका थिए। केही वर्षअघि करुणाका दाइको पनि नहरमा डु’बेर मृत्यु भएको थियो। उक्त घाउ निको नहुँदै फेरि उनीलाई ठुलै बज्रपात परेका छ। आज करुणा गएको १२ दिन पुगीसक्यो तर उनीहरुका आँसु थामिएका छैनन्। उनीहरु रोइरहेका छन्, छिनछिनमै उनीहरुका आँखा रसाइरहेको आफन्तहरु बताउँछन्।

उक्त घटनाबारे अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयले समेत करुणाले दिउँसो टिकटक बनाएको भन्ने पुष्टि भएको जनाएको छ। ‘दिउँसो दिदीभाई मिलेर टिकटक बनाएको भन्ने छ। त्यसकै साँझ करुणा यस्तो अवस्थामा फेला परिन’ कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले भने, ‘घ’ट’नाको अझै अनुसन्धान भइरहेको छ। पो’ष्टमा’र्टम रि’र्पाटले पनि झु’ण्डी’एकै कारण उनको मृत्यु भएको पुष्टि गरेको छ।


Last Updated on: February 6th, 2021 at 2:02 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
७७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया