बुधबार ०३ कार्तिक २०७८

पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी निर्वाचनमार्फत् आउने नयाँ जनादेशले समृद्ध नेपाल सुखी नेपाली बनाउने बताएका छन्।

बनेपा नगरपालिका–१० स्थित नेकपा वडा कमिटीको अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले निर्वाचनले राजनीतिक स्थायित्व आउने विश्वास व्यक्त गरे। उनले गत निर्वाचनका बेला गरेका प्रतिबद्धताअनुसारको काम नभए जनतासामु ‘कान समातेर उठबस’ गर्न तयार रहेको बताए। विकास र राजनीतिका विषयमा प्रतिपक्ष बनेकाले मेरो जति सामना गर्नु तयार हुनू’, नेकपाका केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाले थपे।उनले आफ्नै सांसद पद खुस्केजस्तो सरकारविरूद्ध सडकमा स्वार्थी ‘कम्युनिष्टधारी’ले कोकोहोलो मच्याएको ओरोप लगाए।

कार्यक्रममा बनेपा नगरप्रमुख लक्ष्मी नरसिंह वादे, नेकपाका जिल्ला नेता चन्द्रबहादुर थापा, मुक्ति विष्ट, आत्माराम थापा लगायतले विकासको मेरुदण्ड नेकपा नै रहेको बताए। सो अवसरमा पार्टी वडा कमिटी तथा जनवर्गीय संगठनको तदर्थ समिति घोषणा गरिएको थियो


Last Updated on: February 6th, 2021 at 2:28 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया