मंगलबार ०८ आषाढ २०७८

बेलायतस्थित एक गोर्खा सैनिककी छोरी फाइनान्सियल क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने युरोपभरकै युवाको सूचीमा पर्न सफल भएकी छन् । बेलिन्डा बाबुआमाका तीन छोरीमध्येकी माइली हुन् । २४ वर्षअघि काठमाडौंमा जन्मिएकी उनी बेलायत आउँदा तीन वर्षकी मात्रै थिइन् । बेलायतमा प्राइभेट स्कुल पढेकी उनले पछि प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयबाट मास्टर्स गरेकी हुन् । उनका पिता बेलायती सेनाका मेजर बुद्धि गुरुङले छोरीको सफलताप्रति गौरव व्यक्त गरेका छन् ।

‘छोरीले सानै उमेरमा पनि यो तहको प्रगति गरेको देख्दा हामी निकै गौरवान्वित छौं । हामीलाई आशा छ, उनको करियरमा अझ धेरै चम्किलो र सफल समय आउँदैछ’, गुरुङले भने । कास्की सिदाने पुर्ख्यौली रहेको गुरुङ परिवार पछि चितवनको भरतपुर सरेको थियो । बेलायतमा उनीहरु वकिंगहम बरोमा बस्दै आएका छन् । कामको शिलशिलामा बेलिन्डा भने अहिले लन्डनमै बस्ने गरेकी छन् ।बेलिन्डा बाबुआमाका तीन छोरीमध्येकी माइली हुन् । २४ वर्षअघि काठमाडौंमा जन्मिएकी उनी बेलायत आउँदा तीन वर्षकी मात्रै थिइन् ।

बेलायतको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयबाट पोलिटिक्स, फिलोसफी र इकोनोमिक्स ( पिपिइ) मा मास्टर्स गरेकी बेलिन्डाले सन् २०१८ मा भेन्चर क्यापिटल जोइन गरेकी थिइन् । कम्पनीमा उनी इन्भेस्टरका हैसियतमा कार्यरत छन् । भेन्चर क्यापिटालिस्टका रुपमा इच्छुक लगानीकर्ता र लगानीको आवश्यकतामा रहेका कम्पनीहरुबीच सम्पर्क, समन्वय र सम्झौता गरिदिने काम बेलिन्डाले गर्ने गर्छिन् ।


Last Updated on: February 6th, 2021 at 3:51 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया