आइतबार ३० जेठ २०७८

यो संसारमा आमा भन्ने एउटा यस्तो शब्द हो जस्ले बाबुको तुलनामा आफ्ना सन्तानकोलागी धेरै योगदान दिएकी हुन्छिन् । र जिम्मेवारी बाबुको तुलनामा असल तरिकाले निभाई रहेकी हुन्छिन् । आफु भोकै भएर पनि आफ्नो सन्तानलाई पेटभरी खाना खुवाएकै हुन्छिन् । आफु नां’गो भएरै पनि आफ्ना सन्तानको शरीर छोपेकै हुन्छिन् । त्यसैले त उनी आमा हुन् । उनको स्थान कसैले पनि लिन सक्दैन । किनकी उनले जे गर्छिन् त्यो अरु कसैले गर्ने सक्दैन ।

तर सुस्मीता भण्डारी एउटी यस्ती आमा हुन् जो अरु आमाको तुलनामा निकै नै फरक छिन् । उनलाई आफ्ना सन्तानको चिन्ता त छ होला तर रेखदेख र परवरिशमा उनको व्यवहार फरक छ । देख्ने सुन्नेले उनको मातृत्वलाई अलि फरक तरिकाले ब्याख्या गरेतापनि हामी यस कुरालाई भने त्यत्ति नकारात्मक रुपमा लिंदैनौं । उनी जस्ती भएपनि र उनले जे जसरी आफु र आफ्नो सन्तानको रेखदेख गरेपनि आखिरमा उनी पनि त आमा नै हुन् नी ? त्यसैले एउटी आमाको बारेमा नराम्रो कुरा हामी लेख्न चाहादैनौं ।

तर सुस्मीतालाई किन सबैले आमाको नाममा कंलक भनिरहेका छन् त भन्ने कुरालाई यदि केलाउने हो भने उनी आफुले काम नगरी आफ्ना सानासाना ४ वटा नानी बाबुलाई पशुपति क्षेत्रमा पशुपति दर्शन गर्न आउनेहरुसंग पैसा माग्न पठाउँछिन् भन्ने आरोप लागेको छ । यो आरोप देख्न र जान्नेले उनलाई लगाएका हुन् । यो कत्तिको साँचो हो त्यो उनैको मुखबाट सुन्दा थाहा हुन्छ नै । तर उनले यस्तो गर्छिन् भनेर सबैले भन्ने गर्दछन् । सुस्मीता मात्र नभई उनका श्रीमानले पनि दिनभरी छोराछोरीले मागेर ल्याएको पैसाले रक्सी खाने गरेको उनीहरुलाई चिन्नेजान्ने सबैले बताउँछन् । भिडियोसहित


Last Updated on: February 6th, 2021 at 4:25 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया