शनिबार ३० आश्विन २०७८

माघ २२ गते बिहान सामाखुशीमा ट्याक्सी ज’लाइएको घटनाको विरोधमा व्यवयासी आ’न्दोलनमा उ’त्रिएका छन्। नेकपाको प्रचण्ड–माधव पक्षले आमहड्ताल गरेकै दिन बिहानै सामाखुशीमा प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आ’जगनी भएको थियो। आगजनी कसले गरेको भन्ने अहिलेसम्म पत्ता लागेको छैन।

साेही घटनाका दो’षीलाई कानूनी कारबाही र पी’डितलाई क्ष’ति पुर्तिको माग गर्दै शनिबार राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी संघ तथा चालक सेवा समाज आ’न्दोलनमा उत्रिएको हो । उनीहरू माइतीघर मण्डलमा ध’र्नामा बसेका छन् । ध’र्नाका लागि राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी संघका केन्द्रीय सदस्य अमित मगरको नेतृत्वमा २५ वटा ट्याक्सीको र्‍याली समेत निकालिएको थियो।

गोंगबुचोकबाट सरकारी धारा, गल्कोपाखा, लैनचैर हुँदै र्‍याली माइतीघर पुगेको हो। उनीहरूले विभिन्न ६ वटा माग राखेका छन् । ट्याक्सी आयोग गठन गरि यातायात मजदुरको हक, अधिकार सुनिश्चित गर्नुपर्ने, यातायात क्षेत्रमा गैरकानूनी धन्दा बन्द गर्नुपर्ने, टुटल र पठाओ सेवा ब’न्द गर्नुपर्ने लगायतका माग राखिएको छ।


Last Updated on: February 6th, 2021 at 4:31 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया