शनिबार १८ मंसिर २०७८

मोरङ । श्रीमान विदेश हुँदा श्रीमतीले अर्कैसंग भागेर सम्पत्ति पनि हिनामीना पारेर गएको समाचारहरु धेरै लेख्न, पढ्न र सुन्न पाईन्छ । जस्ले गर्दा दुःख गरेर कमाएकाहरुको घरबार त नष्ट हुन्छ नै साथै त्यो विदेशको भूमिमा खाई नखाई गरी कामएको पैसा पनि त्यसै डुबिदिन्छ । श्रीमतीको यस्तो कदमले कत्तिको घरबार बिच बाटोमै अलपत्र परेको छ । यस्तै अलपत्र पर्नेमा मोरंग उर्लाबारीका रमेश श्रेष्ठको घरबार र जीवन पनि एक हो ।

उनले वैदेशीक राजगारीको शिलशिलामा झण्डै ५ वर्ष खाडीमा आफ्नो खुन पसिना बगाए । घर परिवारको खुशीकोलागी भनेर उनले आफ्ना सारा खुशीलाई खाडीमै कैद गरे । तर यता उनकी श्रीमतीले अर्कैसंग लागेर उनले कमाएका सबै पैसा हिनामीना पारिन् । रमेशको भनाई अनुसार आफ्नी श्रीमतीलाई ठेक्केदार तेज थापाले माया जालमा पारेर श्रीमतीसंगै छोरी पनि लगेका थिए । तेज थापा र श्रीमतीको अ’नैति’क स’म्ब’न्धको बीचमा रमेशसंगको आधिकारिक स’म्बन्ध फितलो भईदिएछ उनकी श्रीमतीको ।

आजभन्दा पाँच वर्ष पहिले आफ्नी श्रीमती र छोरीलाई आफु नभएको मौका पारेर तेज थापाले लगेर गएपनि रमेशको जीवनमा भने अहिले खुशी फर्किएको छ । त्यो खुशी हो, उनकी छोरी । पाँच वर्ष पहिले ८ महिनाकी छोरीलाई छोडेर परदेशीएका रमेशले आज आफ्नी छोरीलाई पहिलो पटक काखमा राख्न पाएकोमा उनी निकै नै भावुक पनि भएका छन्। उनलाई श्रीमतीले छाडेर गएकोमा त्यति चिन्ता लागेन तर छोरीपनि संगै लगेर गएकोमा उनी साह्रै चिन्तित थिए ।

रमेशकोलागी पैसा पनि खासै महत्वको बनेन रे । तर छोरीलाई जीवनमा भेट्न पाउँदिन कि भन्ने विषयले उनलाई यो पाँच वर्षमा सधैं चिन्तामा रही रहेका रहेछन् । आज आफ्नो काखमा ८ महिनामा छाडेर गएको छोरीलाई बसाउन पाउँदा रमेशलाई केही चाहिएन । उनी भन्छन्,‘श्रीमतीले घर छाडी भन्ने कुरा थाहा पाउँदा त म दुखी भएको थिएँ नै तर त्योभन्दा पनि धेरै दुखी छोरीलाई भेट्न पाउँदिन कि भन्ने कुरामा लागेको थियो । तर अहिले छोरीलाई पाएर निकै नै खुशी छु ।


Last Updated on: February 6th, 2021 at 5:24 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई lamat[email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया