सोमबार ३१ जेठ २०७८

शरीरलाई ठीक राख्नका लागि केही पोषक तत्वहरुको आवश्यकता हुन्छ। जस्तै कार्बोहाइडेट, प्रोटीन, फ्याट, भिटामिन्स, मिनरल्स, पानी आदि। यी सबै तत्व हामीलाई खानाको माध्यमबाट प्राप्त हुन्छ।

सही र पर्याप्त पौष्टिक चिजहरु सेवन गरियो भने सँधै स्वस्थ रहन सकिन्छ। पर्याप्त पोषणबिना शरीरका अंगहरुमा खराबी आउन थाल्छन् र यिनीहरुले राम्ररी काम गर्दैनन्। शरीरमा यदि कुनै खास भिटामिन वा मिनरलको कमि छ भने शरीरले यसको संकेत पहिले नै दिन्छ।

यी संकेतहरुलाई बुझेर आफ्नो शरीरको आवश्यकताअनुसार पोषकतत्व लिन सकिन्छ।

के हुन् त ती संकेत ?

हड्डीहरुमा कमजोरी
भिटामिन डीको कमीले शरीरका हड्डीहरु प्रभावित हुन्छन् किनकी हड्डीहरुमा क्याल्सियमको अवशोषणका लागि भिटामिन डी आवश्यक हुन्छ । यसको कमिले हड्डीको रोग जस्तै ओस्टियोपोरोसिस, आर्थराइटिस आदि हुन सक्छ।

भिटामिन डीको सबैभन्दा राम्रो स्रोत घाम हो । त्यसैले घाममा केहीबेर बस्दा भिटामिन डीको आवश्यकता ४० प्रतिशतसम्म पुरा हुन्छ । यसका अलावा बदाम र माछाबाट पनि भिटामिन डी पाउन सकिन्छ ।

लगातार कपाल झर्नु
कपाल झर्ने समस्याले धेरैलाई पिरोलिरहेको हुन्छ । यो भिटामिन बी७ को कमिले गर्दा हुन सक्छ । भिटामिन बी७ अर्थात बायोटिनलाई हेयर भिटामिनको नामले पनि चिनिन्छ ।

यसका लागि उमालेको अन्डा, एभोकाडो, च्याउ, सोयाबिन, फुलकोभी, बदाम, रसभरी र केरा आदिको सेवन गर्नुस । साथै बायोटिनको क्याप्सुल पनि लिन सकिन्छ, तर यसका लागि चिकित्सकको परामर्श आवश्यक छ।

हातगोडा झमझमाउने
कहिलेकाहीँ हातगोडा झमझाएको महसुस हुन्छ र यस्तो लाग्छ कि मानौं करेन्ट दौडिरहेको छ । साथै छालामा घोचेको महसुस पनि हुन्छ ।

यसले भिटामिन बीको कमिको संकेत गर्छ । भिटामिन बी पनि धेरै प्रकारका हुन सक्छन् । जस्तै भिटामिन बी ९, बी ६, बी १२ आदि।

खासगरी यो नशासँग सम्वन्धित बिमारी हुन्छ किनकी झमझमाउने त्यतिबेला हुन्छ जब शरीरमा रक्तप्रवाह प्रभाविक हुन्छ ।

यी लक्षणहरुका साथ चिन्ता, डिप्रेसन, एनिमिया, थकान र हार्मोन असन्तुलन आदि पनि देखिन सक्छ । यसबाट बच्नका लागि पालुंगो, अन्डा, सोइजन, सिमी आदिको सेवन गर्नुपर्छ।

अनुहारमा सेता दाना
शरीरमा हार्मोन्सको परिवर्तनका कारण डण्डीफोर निस्किन्छ । यो प्राय किशोरावस्थामा हुन्छ । तर, कहिलेकाहीँ उमेर गुज्रिसकेको व्यक्तिको अनुहारमा पनि सेता दाना देखिन सक्छन् । यसलाई पनि धेरैले डण्डीफोर नै मान्छन् ।

जबकि अनुहारमा सेतो दानाको कारण फ्याटी एसिड र भिटामिन ए तथा डीको कमि पनि हुन सक्छ।

यसबाट बच्नका लागि स्याचुरेटेड फ्याट र टान्स फ्याटको सेवन कम गरौं र स्वस्थ बोसोको सेवन बढि गरौं । डाक्टरको सल्लाहमा यसका लागि सप्लिमेन्ट पनि लिन सकिन्छ।

गिजाबाट रगत आउनु
थुप्रै व्यक्तिहरुको गिजाबाट रगत निस्किन्छ, वा मुखबाट बारम्बार छाला निस्किन्छ। छाला निस्किनुलाई खासगरी पेटको गडबडीको संकेतका रुपमा हेरिन्छ।

तर, यसले शरीरमा प्रोटीनको कमीतर्फ पनि ईशारा गरिरहेको हुन सक्छ। आमरुपमा गिजाको रोगको खतरा ३५ वर्षको उमेरपछि हुन्छ।

हाम्रो शरीरलाई हरेक दिन लगभग एक हजार मिलिग्राम प्रोटिन र भिटामिनको आवश्यकता हुन्छ । यदि योभन्दा कम पोषकतत्व लियौं भने शरीरमा यसको कमिको संकेत देखिन थाल्छ।


Last Updated on: February 6th, 2021 at 6:13 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया