शुक्रबार ०४ आषाढ २०७८

नेपाली फिल्म क्षेत्रमा जमिरहेका बेला भोजपुरी फिल्ममा काम गर्न थालेका अभिनेता विराज भट्टले चार वर्षपछि नेपाली दर्शकका लागि ‘साङ्लो’ लिएर आए। यो फिल्म गत वर्ष प्रदर्शनमा आएको थियो । उनको आफ्नै निर्माण, निर्देशन र अभिनय रहेको फिल्मले प्रदर्शनको दुई दिन बक्सअफिसमा राम्रो पैसा छाप्यो । यसले उनको कमब्याक केही हदसम्म सफल बनाएको छ ।

‘साङ्लो’ भन्दा अगाडि फिल्म ‘जय परशुराम’ बाट उनी नेपाली फिल्ममा फर्किएका थिए । तर, यो फिल्म असफल भए पछि उनलाई पुनः नेपाली फिल्ममा फर्किन चार वर्ष लाग्यो । अब नेपाली फिल्मलाई निरन्तरता दिने बताएका विराज पुनः भोजपुरी फिल्ममा फर्किएका छन्। अहिले उनी बनारसमा एकै सेड्युलमा दुई फिल्म ‘क्रोध’ र ‘दिया बात्ती’ को छायांकन गरिरहेका छन् ।

भोजपुरी फिल्ममा बलियो स्टारडम बनाएका उनले पहिलेको जस्तै जोश र जाँगरमा काम गरिरहेको बताएका छन्। सन्तोष मिश्राले निर्देशन गरिरहेको ‘क्रोध’ मा विराजको अपोजिटमा अनुराधा र धिरेन्द्र कुमार झा निर्देशक रहेको ‘दिया बात्ती’ मा ऋचा दीक्षित छन् । फिल्म छायांकनको समयमा विराजलाई हेर्न र उनीसँग सेल्फी खिच्न दर्शकहरुको ठूलो भीड लाग्ने गरेको बताइएको छ ।

‘साङ्लो’ रिलिजको दुई महिनामा कोरोनाका कारण देश लकडाउन भएपछि विराज करीब ९ महिना परिवारसँग नेपालमा नै बसेका थिए । यो समयमा उनले ‘साङ्लो २’ को तयारी गरेको जानकारी प्राप्त छ । साइन गरेका भोजपुरी फिल्मको छायांकन पूरा गरे पछि उनी यो फिल्मको निर्माणमा जुट्ने बुझिएको छ । यसमा उनी अहिलेका एक चल्तीका अभिनेता लिने सोचमा छन् ।


Last Updated on: February 6th, 2021 at 8:11 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया