मंगलबार ०८ आषाढ २०७८

अमेरिकाको जर्जियामा एक व्यक्ति एक महिलाको लाशसँग यौन सम्पर्क गरिरहेको अवस्थामा पक्राउ परेका छन् । केन्नी ओबरन ह्वाइहेड नामका ५५ वर्षका ती व्यक्तिलाई म्याकोनको डेब्रेक डे रिसोर्स सेन्टरबाहिर लाशशँग सम्भोग गरिरहेको अवस्थामा पक्राउ गरेपछि हिरासतमा राखिएको छ ।

न्यूयोर्क पोस्टका अनुसार पुलिसलाई सार्वजनिक रुपमा एक जोडीले सम्भोग गरिरहेको सूचना प्राप्त भएको थियो । ‘पुलिस घटनास्थलमा आइपुग्दा उनीहरुले दुई जनालाई यौनमा लिप्त देखे’ पुलिसले एक स्टेटमेन्टमा भनेको छ ‘जब ती पुरुषलाई उठेर कपडा लगाउन भनियो त्यसपछि महिला चअचेत भएको थाहा भयो ।’

डाक्६रहरुले जाँचपछि ती महिला केही समय अगाडि नै मृत्यु भइसकेको बताए । महिलाको पहिचान खुलेको छैन । उनको मृत्युको कारण अनुसन्धानको क्रममै छ ।


Last Updated on: February 6th, 2021 at 8:33 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया