शुक्रबार ०४ आषाढ २०७८

मुम्बई । विवाहको मिति तय भएर पनि कार्ड छापिइसकेपछि बलिउड अभिनेता सलमान खानको विवाह रोकिएको छ । यो घटना केही वर्ष अघिको हो । नायक सलमान खान ५० वर्ष उमेर नाघिसकेका छन् । तर उनको विवाहको चर्चा भने जहिले पनि चलिरहन्छ । उनी बलिउडमा जति सफल छन् प्रेम जिवन भने सफल छैन । उनी धेरै युवतीको प्रेममा परे तर उनको प्रेम सफल हुन सकेन । तर पनि सलमानले किन बिहे गरिरहेका छैनन् भन्ने चर्चा पनि चलिरहन्छ ।

धेरै कमलाई मात्र थाहा छ, सलमान खानको एकपटक बिहे लगभग पक्का भएर कार्ड पनि छापिएको थियो । तर युवतीले सलमानसंग विवाह गर्न इन्कार गरिदिएकी थिइन् । जसका कारण त्यो विवाह हुन पाएन ।

सलमान खानले कलाकार तथा मोडल संगीता बिजलानीसँग बिहे गर्ने तयारी गरेका थिए । त्यसको लागि सलमानको परिवार पनि राजि थिए । तर युवतीका परिवार भने यो विवाहसंग खुसी थिएनन् । सन् १९९४ को २७ मे मा सलमान र संगीताले बिहे गर्ने तय पनि भएको थियो । सलमानले नै यो मिति चुनेका थिए । उनले सार्वजनिक कार्यक्रममा पनि आफ्नो विवाहको बारेमा बताएका थिए ।

सलमान र संगीताको भेट सन् १९८६ मा भएको थियो । यी दुईले लामो समय सँगै काम गरे । सन् १९९३ मा सलमान खानले आफूले बिहे गर्न चाहेको अन्तर्वार्ताका क्रममा खुलाएका पनि थिए ।

उनले अन्तरवार्ताका क्रममा नै आफ्नो विवाह हुन लागेको र कार्ड पनि छापिएको बताएका थिए । तर अन्तिम समयमा आएर युवतीले विवाह गर्न अस्विकार गरेपछि विवाह रोकिएको थियो । संगीताले अन्तिम समयमा आएर विवाह गर्न इन्कार गरिन् ।

संगीताको परिवार यो विवाहवाट खासै खुशी हुन सकेका थिएनन् । संगीता आफ्नो परिवारको इच्छा विपरित सलमानसंग विवाह गर्ने निर्णयमा पुगेकी थिइन् । तर त्यतीनै बेला उनले संगीतालाई सलमानको सोमी अलीसँग पनि अफेअर चलेको थाहा भयो । यो थाहा पाएपछि संगीताले बिहे इन्कार गरेकी थिइन् ।

त्यसपछि संगीताले क्रिकेटर मोहम्मद अजहरुद्दीनसँग सन् १९९६ मा बिहे गरेकी थिइन् । अजहरुद्दीनले पहिले नै बिहे गरेका थिए । र, उनका दुई छोरा पनि थिए ।

संगीताका लागि अजहरकी पहिलो पत्नीले डिभोर्स दिएकी थिइन् । उनले आफ्नो नाम आयशा राखेकी थिइन् १४ वर्षपछि अर्थात् सन् २०१० मा यी दुईको पनि डिभोर्स भयो । संगीता पछिल्लो समय सिंगल नै बिताइरहेकी छिन् । उनी आफ्नो ब्लगमार्फत फ्यानसँग नजिक हुने गर्छिन् ।


Last Updated on: February 6th, 2021 at 8:44 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया