बिहिबार १० आषाढ २०७८

बलिउड महानायकका रूपमा चिनिएका अमिताभ बच्चन पचास बर्ष भन्दा बढी बर्षदेखि सिनेमामा छन् । अमिताभ अझै पनि चलचित्रहरूमा सक्रिय छन्। बच्चन परिवारको बारेमा हामी सबैलाई थाहा छ। अमिताभ आफ्नो सम्पूर्ण परिवार पत्नी जया बच्चन, छोरा अभिषेक, बुहारी ऐश्वर्या र नाति आराध्यासँग मुंबईको एक आरामदायी बंगला ‘जलसा’ मा बस्छन्।

अमिताभको कान्छा भाई अजिताभ बच्चन छन्। अजिताभ अमिताभभन्दा पाँच बर्ष कान्छा थिए। उनको १९४७ मा इलाहाबादमा हरिवंश राय बच्चन र तेजी बच्चनको घरमा जन्म भएको थियो।आफ्ना जेठो दाजु अमिताभ जस्तै अजिताभ पनि नैनीतालको शेरवुड कलेजमा अध्यायन गरे। अजिताभ बच्चन भारतका एक प्रख्यात व्यापारी हुन्। यस अघि उनी लन्डनमा १५ बर्षसम्म व्यापारमा रहे । उनलाई लाइमलाइटमा बस्नु मनपर्दैन।

अजीताभको रामोलासँग विवाह भएको छ। उनी एक सोसाइटी र व्यवसायी महिला हुन्। २०१४ मा उनलाई एशियन अफ द इयरबाट पुरस्कृत गरिएको थियो। लन्डनमा उनलाई पार्टीहरुको शान भनिन्थ्यो। २००७ अजिताभको परिवार भारत सार्यो। अजिताभ र रमोलाका ४ सन्तान छन् । छोरा भिमा, तीन छोरी नीलिमा, नम्रता, नैना। अजिताभको छोरो भीमा पेशेमा लगानीकर्ता बैंकर हुन्। छोरी नयनाले २०१५ मा अभिनेता कुणाल कपूरसँग विवाह गरिन्।

अमिताभ र अजिताभ वर्षौंसम्म एक अर्काबाट टाढा रहे तर दुबै आफ्नो काममा व्यस्त छन्। दुबैबीच धेरै माया र मित्रताको सम्बन्ध छ। कमाईको बारेमा कुरा गर्दा, अजिताभ अमिताभ भन्दा कम छैनन्। बलिउडका महानायक जस्तै उनी पनि विलासितापूर्ण जीवन बिताउँछन्। उनले लन्डनमा बसोबास गरेर धेरै सम्पत्ति र नाम कमाएका छन्।

अमिताभ बच्चन र जया बच्चनको परिवार भारतमै सम्पन्न परिवारमा पर्छ । फिल्म उद्योगमा बच्चन परिवारको नामको मात्र पनि छुट्टै सम्मान र स्थान छ । यो परिवारलाई बलिउड उद्योगमै धनि परिवारको रुपमा चिनिन्छ । करिब ४ दशकदेखि बलिउडमा राज गरेका अमिताभ र जया र लामो समयदेखि बलिउडमै जमिरहेका ऐश्वर्या र अभिषेकका सम्पत्ति कति छ ? भनेर धेरैलाई चासो हुने गर्छ ।

भारतीय सञ्चार माध्यमका अनुसार ऐश्वर्या – अभिषेकको भन्दा अमिताभ–जयाको सम्पत्ति धेरै छ । जया–अमिताभको कुल सम्पत्ति २८०० करोड रहेको छ । उनीहरुको मुम्बईमा जलसा र प्रतीक्षा नामको दुईवटा बंगला छ । मुम्बईबाहेक उनीहरुको भोपाल, पुना, अहमदाबाद र फ्रान्समा पनि उनीहरुको सम्पत्ति छ ।

समाचारका अनुसार जयाले समाजवादी पार्टीको उम्मेदवार बन्ने समयमा आफ्नो कुल सम्पत्ति १००० करोड बताएकी थिइन् । उनीहरुसँग १२ वटा गाडी पनि छ । जया बच्चनसँग ६२ करोड भारुका गहना छन् । जसमा अमिताभ बच्चनले लगाएको औंठी पनि सामेल गरिएको छ ।


Last Updated on: February 6th, 2021 at 9:39 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया