शनिबार ३० आश्विन २०७८

महिलाकाे उमेर २० पार गरेपछि केहि चिजहरुकाे परिवर्तन हुन्छ। उनीहरुकाे उमेरसँगै हरेक चिजमा परिवर्तन आइरहन्छ । यसबेलामा अनेक खालका स्वास्थ्य समस्या समेत उत्पन्न हुन सक्ने हुँदा स्वास्थ्य जाँच गराइराख्नु पर्ने चिकित्सकहरुको सुझाव…

महिलाकाे उमेर २० पार गरेपछि केहि चिजहरुकाे परिवर्तन हुन्छ। उनीहरुकाे उमेरसँगै हरेक चिजमा परिवर्तन आइरहन्छ । यसबेलामा अनेक खालका स्वास्थ्य समस्या समेत उत्पन्न हुन सक्ने हुँदा स्वास्थ्य जाँच गराइराख्नु पर्ने चिकित्सकहरुको सुझाव छ ।

२० वर्ष पार गरेपछि महिलामा आउने ५ परिवर्तन बारेः

-हर्मोनको असन्तुलन बढ्दै जान्छ । जसका कारण महिनावारीमा समस्या उत्पन्न हुन सक्छ । फलफूल र सब्जीमा प्रशस्तमात्रामा आइरन, भिटामिन, मिनरल्स पाइन्छ । महिनावारीमा समस्या समाधानका लागि प्रशस्तमात्रामा फलफूल र हरियो सब्जी खानुपर्ने हुन्छ ।

-उमेरमा परिवर्तनसँगै महिलामा देखिने अर्को परिवर्तन कपाल (रौं) हो । महिलाको गुप्तांग, छाती र पेटमा अस्वाभाविक रुपमा कपाल उम्रन सक्छ । यस्ता अस्वाभाविक कपाल हटाउनको लागि क्रिम या रेजको प्रयोग गर्नुपर्ने हुन्छ । रेजरको सहायताले रौंलाई स्थायीरुपमा समेत हटाउन सकिन्छ ।


-हर्मोनमा आउने परिवर्तनका कारण कपाल सुख्खा तथा जिंग्रिङ्ग बन्न पनि सक्छ । यस्तो बेला ३-४ चम्चा जैतुनको तेलले मालिस गर्दा उत्तम हुन्छ ।

-युवतीमा देखिने अर्को समस्या-डन्डीफोर । हर्मोनमा हुने परिवर्तनका कारण डन्डिफोरका साथै छाला सुख्खा हुने समस्या समेत उत्पन्न हुनेगर्छ। चिल्लो खानेकुरा कम खानुस्, साथसाथै दिनको २ देखि तीन पटकसम्म अनुहार धुँदा उत्तम हुन्छ । यसले अनुहारमा चिल्लोको मात्रा कम हुन्छ र डन्डिफोरको समस्या हट्छ ।

-महिलाको मेटाबलिज्म स्लो हुँदै जान्छ र तौल बढ्दै जान सक्छ । तौललाई स्थीर राखिराख्नको लागि चिल्लो र कार्बोहाइड्रेडयुक्त खाना कम गर्नुपर्छ । यस्तै दैनिक बिहान ३० मिनेट मर्निङवाक पनि लाभदायक मानिन्छ ।


Last Updated on: February 6th, 2021 at 10:02 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२०६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया