बिहिबार १० आषाढ २०७८

घरेलु उपाय गरेर स्तनको आकारलाई उल्लेख्य रूपमा प्रभावकारी तवरले बढाउन सकिएला जस्तो लाग्दैन, तर कतिपय समाजमा ठूला आकारका स्त”नलाई आकर्षक मानिने भएकाले यसलाई ठूलो बनाउन महिलामाथि दबाब हुन्छ । सौन्दर्य सँग आकार तथा आकृति जोडिने भएकाले त्यस्तो भएको हुनसक्छ । त्यसै कारणले संसारभर नै यसलाइ बढाउन वा आकर्षक देखाउन विभिन्न विधि प्रयोग हुने गरिएको देखिन्छ ।

क्रिम प्रयोग गरेर यसलाइ वा मुन्टोको मालिसले यसकाे आकार बढ्ने दाबी गरिए पनि यसले स्थायी रूपमा आकार बढ्छ भन्ने कुरा प्रमाणित छैन । केही कसरतले छातीको मांसपेशीलाई बलियो र ठूलो बनाउँछ र यस्तो स्थितिमा स्तन ठूलो भए जस्तो लाग्न सक्छ तर त्यसले स्तनको कपको आकार लाई परिवर्तन गर्दैन ।

विभिन्न रसायनिक औषधियुक्त मल्हमको प्रयोग अर्को उपाय हो । त्यसबाहेक यसको आकारमा वृद्धि गर्न पम्पको प्रयोग पनि निकै चर्चामा छ। शल्य चिकित्सा गरेर यसको आकार बढाउन सकिन्छ । तर अत्यधिक खर्चका साथै शल्य चिकित्साको कुप्रभावको असर खप्नुपर्ने हुनसक्छ । तपाईंले फोम भएको ब्रा अर्थात् थुनचोली प्रयोग गर्नुभएको छ । याे कसैलाई देखाउनुपर्ने अङ्ग नभै छोपेरै राख्नुपर्ने अङ्ग हो ।


Last Updated on: February 6th, 2021 at 10:35 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया