सोमबार ०७ आषाढ २०७८

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहहरुले किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कारवाही गर्न माग गरिइएको छ ।

अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज एक विज्ञप्ति मार्फत यही माघ २२ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी निवासी भट्टको बलात्कार पछि हत्या भएको घटनाले आफूहरु स्तब्ध र मर्माहत भएको उल्लेख छ ।

विद्यालयबाट घर फर्किंदै गरेको बेला १७ वर्षीय किशोरी भागरथी भट्ट माथि भएको पाशविक र अमानवीय कुकृत्यको नेकपाले घोर भत्र्सना गरेको हो । अध्यक्षद्वयको विज्ञप्तिमा भनिएको छ, “डेढ वर्षअघि निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आम जनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्यसंयन्त्र असफल भएको तथ्यलाई नै प्रमाणित गरिइएको छ ।”

निर्मला पन्तको अनुसन्धान जस्तै यो पनि घटनामा जिम्मेवार बन्न सरकारसँग आग्रह गर्दै नेकपाले सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कडा भन्दा कडा कारवाही गर्न माग गरेको छ ।

नेकपाले मृतक किशोरी भागरथी प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै पार्टीको तर्फबाट शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरिइएको छन् ।


Last Updated on: February 7th, 2021 at 7:59 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया