बिहिबार १० आषाढ २०७८

भिडियो यो समाचारको अन्त्यमा राखिएको छ पुरा हेर्नुहोला राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले लाञ्छना र मुठभेडको राजनीतिले आम नागरिकको गरी खाने अधिकार वञ्चित हुने खतरा उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेकपालाई जनताले दिएको बहुमतको म्यान्डेट स्वार्थमा रुपान्तरण हुँदा जनतामाथि धोका भएको अध्यक्ष राणाको आरोप छ।‘स्वार्थमा आधारित स्वेच्छाचारिता निश्चित पनि अग्रगमन होइन,’ राणाले भने ।

उनले शनिबार ट्वीट गर्दै भने, ‘भारी बहुमत स्वार्थको बन्दी बन्दै गर्दा लाञ्छना र मुडभेडको राजनीति रेखाङ्कन हुन थालेको हो कि भन्ने प्रश्न आम भएको देखिन्छ ।

जनचाहनाविपरीतको यस्तो माहोलमा नागरिकको गरी खाने अधिकार कुण्ठित हुने गर्दछ ।

प्रजातन्त्र जोगाउन निष्पक्ष राष्ट्रप्रमुखको रुपमा राजसंस्था र हिन्दु राष्ट्रको बलियो आधार आवश्यक रहेको राप्रपाको ठहर छ ।


Last Updated on: February 7th, 2021 at 9:53 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया