बिहिबार १० आषाढ २०७८

नेपाली परम्पराअनुसार धेरैले धर्मकर्म र बास्तुमा विश्वास गर्छन्। भनिन्छ, वास्तु नमिल्दा घरमा नकारात्मक प्रभाव पर्ने बताइन्छ।

घरमा हरेक कुरा उचित स्थान र दिशामा हुनुपर्ने बास्तु शास्त्रमा उल्लेख गरिएको पाइन्छ। यसले आर्थिक तथा पारिवारिक संकट र चिन्तालाई कम गर्छ।

बास्तु शास्त्रका अनुसार केही यस्ता चीजहरु छन् जसलाई घरको सही स्थानमा राख्दा सुख र समृद्धि आउँछ।

लाफिङ बुद्ध
आर्थिक सफलता प्राप्त गर्नको लागि हरेक व्यक्तिको घरमा लाफिङ बुद्ध राख्न जरुरी हुन्छ। लिभिङ रुमको मुख्य ढोकाबाट छड्के तिर लाफिङ बुद्ध राख्नुपर्छ। बुद्धलाई समृद्धिका देवता मानिन्छ। बुद्धको मुस्कानले समृद्धि आउँने विश्वास गरिन्छ।

प्रेमीलाई आफ्नो इसारामा नचाउन माहिर हुन्छन् यी ४ राशिका व्यक्ति

सुनौलो माछा
घरमा पनि सुनौला माछा राख्दा सौभाग्य बढ्ने मान्यता रहेको छ। यसले धन, मान, सम्मानमा वृद्धि गर्ने विश्वास गरिन्छ। तर, यसलाई बेडरुम, भान्साकोठा र बाथरुममा कहिल्यै पनि राख्नुहुँदैन।

कछुवा
कछुवालाई शुभ जीव मानिन्छ। यसलाई घरमा राख्दा सफलता र धन-दौलत र खुशीयाली बढाउने सुचकको रुपमा लिइन्छ। यसलाई अफिसमा वा घरको उत्तर दिशामा राख्नुपर्छ।

तीनवटा सिक्का
घरको ढोकामा रातो रिबनमा तीनवटा सिक्का बाँधेर राख्दा घरमा धन र समृद्धि आउँने बताइन्छ। यसको लागि रातो रिबनमा जम्मा तीनवता सिक्का बाँधेर ढोकाको भित्रपट्टि राख्नुपर्छ। बाहिर राख्दा लक्ष्मी बाहिर हुने मान्यता छ।

ड्र्यागनको जोडी
ड्र्यागनको जोडी समृद्धिको प्रतिक हो। सबैभन्दा धेरै उर्जा यसको खुट्टाको पञ्जामा हुन्छ। यसलाई चार दिव्य प्राणी मध्येमा एक मानिन्छ। यसले पुरुषत्व, हिम्मत र बहादुरीको प्रतिक मानिन्छ। यसमा अपार शक्ति हुन्छ।


Last Updated on: February 7th, 2021 at 11:54 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१७० पटक हेरिएको

तपाईको प्रतिक्रिया