बुधबार ०३ कार्तिक २०७८

फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन युनिटमा विवाद भएको छ । फिल्मका निर्माता रमेश एम के पौडेल र नृत्य निर्देशक रामजी लामिछाने बीच गीतको छायाँकन खर्चलाई लिएर विवाद भएको हो ।

५ लाखमा सकाउंने जिम्मा लिएको फिल्मको आइट गीत नृत्य निर्देशक रामजीले २५ लाखभन्दा बढी खर्च गराएको कारण निर्माता र नृत्य निर्देशक बीच लफडा चलेको निर्माण युनिटका एक सदस्यले रातोपाटीलाई बताए ।

फिल्मको नाम ‘तिम्रो मेरो साथ’ भएपनि आफूले नृत्य निर्देशकबाट राम्रो साथ नपाएको निर्माता पौडेलले गुनासो गरे ।

‘अहिलेको समयमा जोखिम उठाएर फिल्ममा लगानी गरियो’ निर्माता पौडेलले ‘सहकर्मीहरुका कारण जोखिम माथि जोखिम बढ्यो ।’

गीतको सुटिङमा अनुमानित भन्दा केही बढी रकम लागेको नृत्य निर्देशक रामजी लामिछानेले स्वीकारे । ‘फिल्मको गीतमा भएको खर्चलाई लिएर निर्मातासँग केही असमझदारी भएको हो,’ लामिछानेले भने ‘तर पनि मैले फिल्म छोडेको छैन । काम गर्दैछु ।’ गीत राम्रो

बनाउ भनेर काम गर्दा बजेट बढेको लामिछानेको भनाइ रहेको छ ।

फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन स्थलबाट फिल्मको एक तस्बिर समेत बाहिर आएको छ । बाहिरिएको तस्बिर फिल्मको सोही आइटम गीतको हो । जसको छायाँकन बिषयलाई लिएर निर्माता र निर्देशकबीच लफडा भएको थियो । आइट गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, सन्दिप क्षेत्रीले नृत्य गरेका छन् ।

फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, सन्दीप क्षेत्रीको मुख्य भूमिका रहेको फिल्म आर्यन फिल्मस् तथा वोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भैरहेको हो । सविर श्रेष्ठको पटकथा तथा संवाद रहेको फिल्ममा सरोज खनाल, खबपु, इमिली लामा, धु्रव दत्तको पनि मुख्य भूमिका रहने बताइएको छ ।


Last Updated on: February 7th, 2021 at 12:02 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया