बिहिबार १० आषाढ २०७८

काठमाडौ । दोलखाको कालिञ्चोक भगवती मन्दिरमा दर्शनका लागि गएकी एक महिलाको मृत्यु भएको छ । दोलखाको प्रसिद्ध धार्मिकस्थल कालिञ्चोकमा दर्शन गर्न गएकी मकवानपुर जिल्ला फापरबारीकी सम्झना रोका मगरको आज मृत्यु भएको हो । ३३ वर्षीया सम्झनाको मृत्यु भएको खबर जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दर्शन गर्न कालिञ्चोकको कुरीबजार पुगेको र सामान्य बिरामी भई मन्दिर जान नसकी कुरीस्थित सङ्गीता होटलमा आराम गरी बसेको बेला एक्कासी बेहोस भएपश्चात उपचारका लागि चरिकोट ल्याइएको थियो । बेहोस भई आज बिहान १०ः ३० बजे चरिकोट ल्याइएको रोका मगरको ११ः३० बजे चरिकोट अस्पतालमा मृत्यु भएको थियो । श’व चरिकोट अस्पतालमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताउनुभयो ।


Last Updated on: January 10th, 2021 at 5:07 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया