शुक्रबार ०४ आषाढ २०७८

बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या भएको स्थानको अध्ययन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी उत्तमकुमार सुवेदी घटनास्थलतर्फ गएका छन् । प्रहरी स्रोतका अनुसार भागीरथीको हत्या अढाइ वर्षअघि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको झल्को दिने घटना भएकाले त्यसलाई गम्भीरतापूर्वक लिएर घटनास्थलको अध्ययन गरिएको छ ।

घटनास्थलमा प्रमाणहरुको गहिरो अध्ययन नहुँदा निर्मलाको हत्यारा पत्ता नलागेकोले यो घटनामा घटनास्थलबाट प्रमाण नहराउन् भन्ने उद्देश्यले थप अध्ययन र अनुसन्धानका लागि डिआईजी आफै घटनास्थलतर्फ लागेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्त इन्सपेक्टर जनक धामीले बताए ।

यसअघि पनि घटनास्थल अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका बरिष्ठ उपरिक्षक जनक पाण्डे नेतृत्वको अनुसन्धान टोली घटनास्थल पुगेको छ ।

यस्तै, घटना अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन गरिएको छ ।

भागीरथीको शव शनिबार जिल्ला अस्पताल बैतडीमा पोस्टमार्टम गरिएको छ। पोस्टमार्टम गर्दा ती किशोरीको बलात्कारपछि हत्या गरिएको पाइएको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

भागीरथीको शव पोष्टमार्टम अघि नै शुक्रबार भेजाइनल स्वाब संकलन गरिएको चिकित्कहरुले बताएका छन् । यसैगरी अन्य प्रमाणहरू पनि संकलन गरिएको प्रहरीको भनाइ छ।

बुधबार सनातन धर्म उच्चमाविमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीय भागरथी स्कुलबाट फर्कने क्रममा हराएकी थिइन् । बिहीबार उनी पढ्ने विद्यालयबाट करिब ३ किलोमिटरको दूरीमा उनको शव भेटिएको थियो ।

उनको हत्यामा संलग्न आरोपीहरु अहिलेसम्म पक्राउ परेका छैनन् । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता इन्सपेक्टर जनक धानीले बताए ।


Last Updated on: February 7th, 2021 at 12:34 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया