बुधबार ०३ कार्तिक २०७८

कैलालीमा कार्यवाहक वडाध्यक्षको कोठामा एक युवती मृत फेला परेकी छन् । वडाध्यक्ष भने श्रीमती सहित सम्पर्क विहिन भएका छन् । उनको कोठामा निधन भएको अवस्थामा भेटिएकी युवती प्रेमिका भएको बताइएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका–३ का कार्यवाहक वडाध्यक्ष निरज चौधरीको कोठामा उनकी प्रेमिका सञ्जिता चौधरी निधन भएको अवस्थामा फेला परेकी हुन् । आइतबार बिहान मृत अवस्थामा फेला परे पछि प्रहरीलाई खबर गरिएको थियो ।

मृतकका दाजु रमेश चौधरीले १० वर्षदेखि कार्यवाहक वडाध्यक्षसँग प्रेम सम्बन्धमा रहेकी बहिनी आइतबार बिहान उनकै कोठामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा मृत फेला परेको जानकारी दिए । १० वर्ष देखि चौधरीसंग प्रेममा रहेका वडाध्यक्षले हालै अर्की युवतीसंग विवाह गरेको खुलेको छ । उनी श्रीमती सहित सम्पर्क विहिन भएका हुन् ।

चौधरी पासो लगाएको अवस्थामा वडाध्यक्षको कोठामा फेला परेकी हुन् । तर घटनाको प्रकृति हेर्दा देह त्याग गरेको जस्तो नदेखिएको प्रहरीले जनाएको छ । युवतीको खुट्टाले भुईमा टेकिएको र बाहिरबाट ताल्चा लगाएइएको अवस्थामा देखिएको छ ।

ईलाका प्रहरी कार्यालय चौमालाले भने घटनास्थल सिल गरेर घटनाको अनुसन्धान सुरु गरेको छ । घटनापछि कार्यवाहक वडाध्यक्ष चौधरी भने सम्पर्कविहीन भएको आफन्तले बताए।

हालै अर्की युवतीसँग विवाह गरेका का। वडाध्यक्ष र उनकी श्रीमती शनिबार रातिदेखि नै सम्पर्कविहीन भएको स्थानीयले बताएका छन्।

उक्त वडाका अध्यक्ष नरेन्द्र शाहको केही महिनाअघि कोरोनाका कारण मृत्यु भएको थियो। त्यसपछि चौधरीलाई कार्यवाहक वडाअध्यक्ष दिइएको थियो।


Last Updated on: February 7th, 2021 at 2:35 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
७३० पटक हेरिएको

तपाईको प्रतिक्रिया