सोमबार ३१ जेठ २०७८

उपत्यकाको पाटनढोका स्थित पाटन गेट आज देखि ‘वान वे’ भएको छ । ट्राफिक जाम न्यूनिकरणका लागि ललितपुर महानगरपालिकाले बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म पाटन गेट एरिया वान वे गरेको हो ।

महानगरपालिकाको भित्री सडकमा बढेको सवारी चापले आवागमनमा समस्या उत्पन्न भएपछि न्यूनिकरणका लागि महानगरीय ट्राफिक महाशाखाको समन्वयमा पाटन ढोकामा हुलाक अगाडिको भागदेखि गेटतिरको क्षेत्र वान वे गरेको हो ।

यो सँगै युएनपार्क, ज्वागल, चाकुपाट र पाटनढोका बसपार्कबाट पाटनगेटहुँदै आउने चार पाङ्ग्रे सवारी साधनले पाटनढोका बसपार्कको बाटो प्रयोग गर्नुपर्ने भएको छ ।

सवारी साधनको चाप धेरै भएकाले यहाँ बाहिरबाट आउने पर्यटकसँगै अरू पैदल यात्रु र व्यवसायीलेसमेत सास्ती भोग्दै आएकोमा सवारी चाप हटाउन यस्तो निर्णय लिइएको महानगर प्रमुख चिरिबाबु महर्जनले बिज्ञप्ति मार्फत जानकारी दिए ।

‘ललितपुर महानगरपालिका भित्र सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यले चारपाङ्ग्रे सवारी साधनलाई आइतबारबाट वान वे गर्ने निर्णय गरेका हौं’, महर्जनले बिज्ञप्तिमा उल्लेख गरिइएको
उपत्यकाको पाटनढोका स्थित पाटन गेट आज देखि ‘वान वे’ भएको छ । ट्राफिक जाम न्यूनिकरणका लागि ललितपुर महानगरपालिकाले बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म पाटन गेट एरिया वान वे गरेको हो ।

महानगरपालिकाको भित्री सडकमा बढेको सवारी चापले आवागमनमा समस्या उत्पन्न भएपछि न्यूनिकरणका लागि महानगरीय ट्राफिक महाशाखाको समन्वयमा पाटन ढोकामा हुलाक अगाडिको भागदेखि गेटतिरको क्षेत्र वान वे गरेको हो ।

यो सँगै युएनपार्क, ज्वागल, चाकुपाट र पाटनढोका बसपार्कबाट पाटनगेटहुँदै आउने चार पाङ्ग्रे सवारी साधनले पाटनढोका बसपार्कको बाटो प्रयोग गर्नुपर्ने भएको छ ।

सवारी साधनको चाप धेरै भएकाले यहाँ बाहिरबाट आउने पर्यटकसँगै अरू पैदल यात्रु र व्यवसायीलेसमेत सास्ती भोग्दै आएकोमा सवारी चाप हटाउन यस्तो निर्णय लिइएको महानगर प्रमुख चिरिबाबु महर्जनले बिज्ञप्ति मार्फत जानकारी दिए ।

‘ललितपुर महानगरपालिका भित्र सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यले चारपाङ्ग्रे सवारी साधनलाई आइतबारबाट वान वे गर्ने निर्णय गरेका हौं’, महर्जनले बिज्ञप्तिमा उल्लेख गरिइएको छ ।


Last Updated on: February 7th, 2021 at 2:45 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया