आइतबार ३० जेठ २०७८

हामिले सुनिरहेका हुन्छौ कि बीसको उमेर पुगी सक्यो अब त जवान नै भइसक्यो । बीस बर्ष उमेर पुगेपछी अधिकांशले ‘अझै ठूलो भएको छैन’ भन्ने गरिन्छ । यस्तै वैज्ञानिकहरुले भने २० कटिसकेपछि पनि मानिसहरुको व्यवहार वयश्कसँग मेल खाँदैन भन्नेबारे स्पष्टिकरण दिएका छन् । हाम्रो देशमा बीस बर्ष पुगेपछी जवान भयो भन्ने गरिन्छ त्यस्तै अधिकांश देशहरुमा पनि १८ वर्षकै उमेरमा मानिस वयश्क हुने उल्लेख गरिएको छ ।

तर मस्तिष्क सम्बन्धी अनुसन्धान गर्ने वैज्ञानिकहरुको भनाइ भने केहि फरक छ । उनीहरु भन्छन् तीसको उमेरमा प्रवेश नगरुन्जेल मानिस पूर्ण रुपमा वयश्क हुन सक्दैन । मस्तिष्क सम्बन्धी अनुसन्धान गर्ने वैज्ञानिकहरु भन्छन् १८ वर्ष कटिसकेपछि पनि मान्छेको मस्तिष्कमा विभिन्न परिवर्तनहरु आइरहने हुँदा व्यवहारमा पनि प्रभाव पार्ने र तिनको दिमाग वयश्क जसरी पूर्ण रुपमा विकसित नहुने बताएका छन् ।

यो कुरा अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसर पिटर जोनसले बताएका छन् । क्याम्ब्रिज युनिभर्सिटीका प्रोफेसर पिटर जोनसले अक्सफोर्डमा चिकित्सा विज्ञान एकेडेमीद्वारा आयोजित स्नायु विज्ञान बैठकमा प्रत्येक व्यक्ति छुट्टाछुट्टै उमेरमा वयश्क हुने दाबी गरेका छन् ।

उनी भन्छन्, “हामीले के भन्न चाहेका हौँ भने बाल्यकालबाट वयश्कतामा प्रवेश गर्दा हामीले यसबारे अहिलेसम्म सुन्दै आएका सबै परिभाषा हास्यास्पद छन् । किनकी वास्तवमा त्यो क्षण अत्यन्तै जटिल हुन्छ । जसकारण हामीलाई त्यो चरणमा पुग्न तीन दशक लाग्छ ।”


Last Updated on: February 7th, 2021 at 3:49 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया