मंगलबार ०९ कार्तिक २०७८

एजेन्सी । चिनियाँ अभिनेत्री तथा गायिका गाओ लिउको कस्मेटिक सर्जरीका कारण नाकमा समस्या आएको छ । केही समयअगाडि नाकको कस्मेटिक सर्जरी गरेपछि आफ्नो तस्बिर सेयर गर्दै यसले नोक्सान पुर्याउने बताएकी छिन् ।

उनको कस्मेटिक सर्जरीका कारण नाकमा लागेको दागको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । उनले दक्षिणी चीनको गुआंग्डोंग प्रान्तमा रहेको ग्वांगझोउ शहरमा नाकको सर्जरी गराएकी थिइन् । जसको कारण उनको नाकमा नोक्सान पुगेको छ ।

उनको नाकमा टिश्युले नोक्सान पुगेको हो । यसका कारण उनको दुईवटा प्रोजेक्टबाट पनि हात झिक्नुपरेको छ । उनले करिब ६१ हजार ८०० डलरको नोक्सान समेत व्यहोरेको सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।

यो पनि : ज्याकलिनले किनिन् प्रियंकाको यति सुन्दर घर, मुल्य सुनेर पर्नुहुनेछ चकित्

एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजले अर्की चर्चित अभिनेत्री प्रियंका चोपडाको घर खरिद गरेकी छिन्। निकै महंगो मुल्यमा उनले प्रियंकाको घर किनेकी हुन् ।हिन्दुस्तान टाइम्सका अनुसार ज्याकलिनले मुम्बईको जुहुस्थित प्रियंकाको पुरानो घर खरिद गरेकी हुन्। प्रियंका अहिले अमेरिका बस्दै आएकी छन् । विवाह पछि उनी अमेरिका सेटल भएपछि मुम्बईमा भएको घर बेचेकी हुन् ।

उक्त घर ७ करोड भारुमा किनबेच भएको बताइएको छ। हाल ज्याकलिन उक्त घरमा सरिसकेकी छिन्। यसअघि ज्याकलिन मुम्बइको बान्ड्रामा भाडाको घरमा बस्दै आएकी थिइन्।प्रियंका चोपडा र निक जोनासबीच विवाह हुँदा यस घरमा प्रियंकाले पारिवारिक पार्टीको आयोजना गरेकी थिइन्। हाल प्रियंका र निकले क्यालिफोर्नियाको इनसिनोमा २ करोड अमेरिकी डलरमा घर किनिसकेका छन्।


Last Updated on: February 7th, 2021 at 8:39 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२३० पटक हेरिएको

तपाईको प्रतिक्रिया