मंगलबार ०९ कार्तिक २०७८

‘बाहुबली’ निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’को पछिल्लो समय निकै चर्चा छ । दुई साउथ फिल्मको मूख्य अभिनय रहेको यस फिल्म १० भाषामा रिलिज हुँदैछ ।

अभिनेता एनटिआर जुनियर र राम चरणको मूख्य भूमिका रहेको यस फिल्म आगामी दशैंमा रिलिज हुदैछ । फिल्म ‘आरआरआर’ २०२१ अक्टोबर १३ मा रिलिज हुनेछ ।

भारतिय मिडियाका अनुसार यस फिल्मको ५ भाषाका लागि ३ सय ४८ करोडको थिएट्रिकल राइट्स अफर मिलेको छ । फिल्मलाई तमिल, तेलुगु, कन्नड र मलयालमको थिएट्रिकल राइट्सका लागि ३४८ करोडको अफर मिलेको हो । यस फिल्मको बलिउडमा पनि अफर गरिएको छ ।

फिल्ममा राम चरण र जूनियर एनटीआरसँगै अजय देवगण, आलिया भाट र श्रीया सरानको पनि मूख्य भुमिका रहेको छ ।महँगो लगानीमा निर्माण भइरहेको यस फिल्मलाई महत्वका साथ हेरिएको छ ।


Last Updated on: February 7th, 2021 at 10:47 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३४० पटक हेरिएको

तपाईको प्रतिक्रिया